८४० सदस्यलाई उद्यमी बनाउँदै किसान बहुउद्देश्यीय सहकारी
कैलाली : लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य लक्षित उद्यमशिलता विकास प्रशिक्षण अभियान सुरु गरेको छ ।
संस्थाले अभियान अन्तर्गत कार्यक्षेत्र भित्र कम्तीमा प्रति सेवा केन्द्र (शाखा) २० जनाका दरले उद्यमी तयार गर्ने योजना रहेको जनाएको छ । सहकारीका ४२ वटा शाखा रहेका छन् ।
संस्थाले पहिलो चरणमा २० शाखाका शाखा प्रमूखहरुलाई प्रशिक्षक प्रशिक्षण दिएको र दोस्रो चरणमा शाखा प्रमूखमार्फत सदस्यहरुलाई कृषि र गैरकृषि क्षेत्रमा उद्यमशिलता विकासका लागि तालिम दिने जनाएको छ ।
स्वावलम्बन विकास केन्द्र काठमाडौंको पहलमा नेपाल भरीका लघुवित्त संस्था र सहकारी संस्थाहरुगरी १८ वटा संस्थाहरु सँगको सहकार्यमा आगामी २ वर्षभित्र मुलुकभर करीब ५ हजार सदस्यलाई उद्यमी बनाउने योजना अनुसार अभियान सुरु गरिएको स्वावलम्बन विकास केन्द्रका चन्द्रकान्त पण्डितले जानकारी दिए ।
वि.सं.२०५२ सालमा स्थापित भई हाल सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बशुउद्देश्यीय सहकारी संस्थामा ७८ हजार भन्दा बढी शेयर सदस्य, ४२ वटा शाखा र २८३ कर्मचारी रहेका छन् ।
किसान सहकारी संस्थाको २०७९ फागुन मसान्त सम्मको वित्तिय विवरण अनुसार शेयर पुँजी ३८ करोड, कुल बचत ३ अर्ब ४ करोड, कुल सम्पत्ती ५ अर्ब ३० करोड, लगानीमा रहेको कर्जा ४ अर्ब २७ करोड रहेको छ । त्यस्तै शेयर सदस्य संख्या ७८ हजार ४ सय ७० रहेको छ । संस्था सँग लगानी योग्य रकम तरलता २३.७ प्रतिशत रहेको छ ।
बहुउद्देश्यीय प्रकृतिको किसान सहकारीले हाल वित्तीय युनीट, कृषि युनीट र सहकारी पसल (मार्ट) यूनीट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
