२३ कात्तिक २०८३, सोमबार

सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !

२०८० वैशाख ४, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी महासंघलाई दिएको अनुदानमा महालेखाले प्रश्न उठाएको छ ।

मन्त्रालयले महासंघलाई निःशर्त उपलब्ध गराएको डेढ करोड रुपैयाँ अनुदानमा महालेखापरिक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

सहकारी प्रवर्द्धनको लागि सहकारीसँग सम्बन्धित अनुगमन, तालिम, गोष्ठी, सेमिनार, आदि सहकारी विभाग तथा सहकारी प्रशिक्षण केन्द्रले सञ्चालन गर्दै आएको महालेखापरीक्षकको ६०औं प्रतिवेलनमा उल्लेख छ ।

एकै प्रकृतिका कार्य फरक फरक निकायबाट सम्पादन गर्दा समन्वय गरी दोहोरो नहुने गरी सञ्चालन गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ।

अभिलेख

लोकप्रिय