२३ कात्तिक २०८३, सोमबार

सहकारीकर्मी ज्ञानु पौडेल ‘सुप्रबल जनसेवाश्री पदक’बाट विभूषित

२०८० वैशाख १, शुक्रबार
सहकारीकर्मी ज्ञानु पौडेल ‘सुप्रबल जनसेवाश्री पदक’बाट विभूषित

काठमाडौं : सहकारीकर्मी तथा समाजसेवी ज्ञानु पौडेल ‘सुप्रबल जनसेवाश्री पदक’बाट विभूषित भएकी छिन् । असोज ३ गते संविधान दिवसका दिन घोषित पदक आज नयाँ वर्षको दिन प्रदान गरिएको हो।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पदक वितरण गरेका हुन् । विभूषित पौडेल रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । त्यस्तै उनी भ्रष्टाचार विरुद्दको नागरिक निगरानी संस्था, रुपन्देहीका अध्यक्ष समेत हुन् ।

सरकारले गत असोज ३ गते विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरेको थियो । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका थिए ।

अभिलेख

लोकप्रिय