२३ कात्तिक २०८३, सोमबार

प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन सम्पन्न

२०७९ चैत ३०, बिहिबार
प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन सम्पन्न

बर्दिया : सिको बचत तथा ऋण सहकारी संस्थाले ‘उद्यमशीलतामार्फत जीवन परिवर्तन’ प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन सम्पन्न गरेको छ।

कार्यक्रममा सञ्चारकर्मी बबिता बस्नेतले उद्यमशिलता र जीवन परिवर्तन विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यपत्रमा विषेश गरि महिलाहरुलाई उद्यमशील बन्नका लागि उत्प्रेरित गरेकी थिईन ।

सिकोले हालसम्म विभिन्न एक सय १९ वटा ‘सिको जिविकोपार्जन क्लब’ गठन गरेर महिलाहरुलाई विभिन्न सिप सिकाएर उद्यमी तथा नेतृत्व लिन सक्ने बनाउनका लागि निरन्तर काम गर्दै आएको छ । यसलाई अझ बृहत बनाई अघि बढ्नका लागि कार्ययोजना निर्माण गरी संस्था तयारी अवस्थामा रहेको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताए । नयाँ वर्ष २०८० लाई विशेष पर्व मानेर विविध साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न भएको यस कार्यक्रममा संस्थाले बचत संकलनको कार्यक्रम पनि सँगसँगै गरेको थियो । विभिन्न किसिमका पर्व बचतमा गरी जम्मा ३१ लाख १५ हजार संकलन भएको संस्थाका व्यवस्थापक भोविन्द्र बहादुर सुनारले जानकारी दिए ।

सम्मेलनमा विभिन्न जीविकोपार्जन क्लबका अध्यक्ष, सचिव तथा सदस्यहरू, संस्थासँग सम्बन्धित समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनका कर्मचारी लगायत गरी करिब एक हजार जनाको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरी, जिल्ला बचत तथा ऋण सहकारी संघ बर्दियाका अध्यक्ष नवराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरुले आफ्नो जीवनस्तर माथि उकास्नका लागि आफ्नै कमाईबाट नियमित बचत गर्नुपर्ने बताएका थिए । महिलाहरु घरायसी काममा मात्र सीमित नभएर केही न केही सिप सिकेर उद्यम गर्नुपर्ने बताएका थिए ।

अभिलेख

लोकप्रिय