अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा तय

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवस–२०२३ का लागि थिम (नारा) तय गरेको छ । आईसीएले यस वर्षको लागि ‘दिगो विकासका लागि सहकारी’ नारा तय गरेको हो । हरेक वर्षको जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाउँदै आएको छ । यस वर्ष जुलाई १ तारिख अर्थात असार १६ गते अन्तर्राष्ट्रिय सहकारी दिवस परेको छ ।
यो १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवस र संयुक्त राष्ट्र संघबाट मान्यताप्राप्त २९ औं दिवस रहेको आइसीएले जनाएको छ । सन् २०२२ मा ‘सहकारीले राम्रो विश्व निर्माण गर्दछ’ नारा तय गरेको थियो ।
अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि हरेक वर्ष मनाउँदै आएको छ । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा नेपालमा सहकारी दिवस मनाउँदै आएको छ । महासंघले यस दिन विभिन्न सहकारी, व्यक्तीलाई सम्मान गरी दिवस मनाउँदै आएको छ।
सहकारी दिवसको नाराले सहकारी मूल्य र सिद्धान्तहरुबाट प्रेरित हुँदै सहकारीहरुले दिगो विकास लक्ष्य हासिल गर्नका लागि काम गर्नेछन् भन्ने कुरालाई अझ पुष्टि गर्ने महासंघले जनाएको छ । दिगो विकास लक्ष्यको उपलब्धी र यसमा सहकारीहरुको योगदानलाई देखाउने अवसर भएको पनि आईसीएले जनाएको छ ।
विश्वभरका सहकारीहरुलाई अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन र सहकार्यको संस्कृतीको शक्ति देखाउन आईसीएका अध्यक्ष एरियल ग्वार्कोले आग्रह गरेका छन्।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार