अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा तय
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवस–२०२३ का लागि थिम (नारा) तय गरेको छ । आईसीएले यस वर्षको लागि ‘दिगो विकासका लागि सहकारी’ नारा तय गरेको हो । हरेक वर्षको जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाउँदै आएको छ । यस वर्ष जुलाई १ तारिख अर्थात असार १६ गते अन्तर्राष्ट्रिय सहकारी दिवस परेको छ ।
यो १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवस र संयुक्त राष्ट्र संघबाट मान्यताप्राप्त २९ औं दिवस रहेको आइसीएले जनाएको छ । सन् २०२२ मा ‘सहकारीले राम्रो विश्व निर्माण गर्दछ’ नारा तय गरेको थियो ।
अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि हरेक वर्ष मनाउँदै आएको छ । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा नेपालमा सहकारी दिवस मनाउँदै आएको छ । महासंघले यस दिन विभिन्न सहकारी, व्यक्तीलाई सम्मान गरी दिवस मनाउँदै आएको छ।
सहकारी दिवसको नाराले सहकारी मूल्य र सिद्धान्तहरुबाट प्रेरित हुँदै सहकारीहरुले दिगो विकास लक्ष्य हासिल गर्नका लागि काम गर्नेछन् भन्ने कुरालाई अझ पुष्टि गर्ने महासंघले जनाएको छ । दिगो विकास लक्ष्यको उपलब्धी र यसमा सहकारीहरुको योगदानलाई देखाउने अवसर भएको पनि आईसीएले जनाएको छ ।
विश्वभरका सहकारीहरुलाई अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन र सहकार्यको संस्कृतीको शक्ति देखाउन आईसीएका अध्यक्ष एरियल ग्वार्कोले आग्रह गरेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार