सहकारीका समस्या समाधान गर्न अपनाउनुपर्ने उपायहरु
– बिमला कोईराला
सहकारीका आम समस्या
– सहकारीमा सुशासन कायम हुन नसक्नु (सहकारीको मूल्य मर्म र मान्यता नबुझ्नु)
– सदस्यहरुलाई सहकारीप्रति अपनत्व भाव सृजना गराउन नसक्नु (ब्याज र ऋणमा मात्रै केन्द्रीत )
– धेरै सहकारी संस्था नियमित अद्यावधिक हुन नआउनु । (गैरस्थलगत नियमन र अनुगमनका लागि पटक पटक विभागबाट पत्राचार र फोन गर्दा पनि अटेर)
– विभागको निर्देशन र प्रचलित कानुन पालना गर्न अटेर गर्ने प्रबृत्ति
– सहकारीहरु पूर्णत समूदायमा आधारित नभई, देखासिखी र टाठाबाठाको हालीमुहाली
– आफुखुसी (अध्यक्ष/सञ्चालक समितिले मात्रै) ऋण लगानी गर्नु, ऋण लगानी गर्दा बिना प्रकृया आफू र आफन्तमा मात्रै असुरक्षित ऋण लगानी गर्नु
– कतिपय सहकारीहरु अध्यक्ष केन्द्रीत हुनु
– लेखा समिति र ऋण समितिहरुलाई क्रियाशील नबनाईनु
– उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसकेको ।
संस्थागत समस्या
– नियामक निकाय बिच क्षेत्राधिकारको अन्यौल (प्रदेश अन्तर्गतका अधिकांश सहकारी काठमाडौं केन्द्रीत हुनु )
– नियमित उजुरीको संख्या बढदै गएकोले उजुरी फछ्यौट मै समय लाग्ने भएको हुँदा अन्य नियमन कार्य गर्न समय अभाव भैरहेको ।
– केन्द्रबाट फाईलहरु मात्रै हस्तान्तरण भएको संस्थागत क्षमता हस्तान्तरण हुन नसकेको (स्थानीय तहहरु सबलीकरण भैनसकेको, स्रोत साधनको अभाव )
– सघन अनुगमनका लागि संघ प्रदेश र स्थानीय तथा ने.रा.बै बीच समन्वय हुन नसकेको । (अनुगमन सम्वन्धी साझा सूचक नभएको)
– कर्जा असुलीका लागि कर्जा सूचना केन्द्र गठन नभएको । (काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६० मा कर्जा सूचना सम्वन्धी व्यवस्था संघीय कानून बमोजिम हुनेछ)
– सहकारी संघहरुको भूमिका सशक्त र समस्या केन्द्रित बनाउन नसकिएको ।
समस्या समाधान गर्न अपनाउनुपर्ने उपाय
– नियमित नियमन र अनुगमनका लागि सहकारी विभागलाई प्राविधिक जनशक्तिसहितको थप जनशक्ति व्यवस्था सहित अधिकारसम्पन्न र जिम्मेवार बनाउने,
– सघन अनुगमनका लागि संघ प्रदेश र स्थानीय तथा ने.रा.बै को प्रतिनिधि सहितको सहकारी टास्क फोर्स बनाउने ।
– सहकारी संघहरुको भूमिका सशक्त तथा निष्पक्षता कायम गर्न सक्ने बनाउने
– कर्जा असुलीका लागि कर्जा सूचना केन्द्र गठन र ऋण असुली न्यायधिकरण गठन गर्ने ।
– सम्बन्धित सरकारले नै संचालकहरुलाई कालो सूचीमा राख्ने अधिकार सुनिश्चित गर्नुपर्ने ।
– सहकारीको महत्व र सचेतनाका लागि विद्यालयस्तरको पाठ्यक्रमदेखि नै सहकारी शिक्षाको व्यवस्था गर्ने ।
– प्रत्येक सहकारीमा आर्थिक रकम रहने सेफ/भोल्टको इन्सुरेन्स अनिवार्य लागू गर्ने व्यवस्था मिलाउने
– सहकारी ऐनमा बचत र ऋणको सीमा निश्चित गर्ने ।
– विद्युतीय प्रणाली मार्फत नियमित नियमन तथा अनुगमन गर्न संघीय सहकारी विभगको समन्वयमा काेपाेमिसलाई प्रभावकारी रुपले अद्यावधिक गराई स्थानीय तथ्यांक प्रणालीसँग आवद्ध गर्ने ।
– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको जिम्मेवारी एउटै (संघीय) निकायबाट हुनुपर्ने । – कार्यान्वयनका क्रममा स्थानीय प्रतिनिधिको समेत उपस्थिति रहने गरी
– सहकारी सञ्चालक समितिका पदाधिकारीहरुलाई नियमित तालिमको व्यवस्था गर्ने
– सहकारीहरुलाई उत्पादन र रोजगारीसँग जोडन प्रोत्साहन तालिम कार्यक्रम नियमित सञ्चालन गर्ने
– सहकारी मार्फत निक्षेपित रकमको निश्चित रकम राष्ट्र बैंक अन्तर्गतको पोलिसी अनुसार अनिवार्य बचत गरिने व्यवस्था कानूनी रुपमै व्यवस्था गरिनु पर्ने ।
(सहकारीहरूको अवस्था, समस्या र समाधानका लागि नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र काठमाडौं महानगरपालिका, सहकारी विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट । कोईराला सहकारी विभागका उपनिर्देशक हुन् ।)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार