भिजन २०३० : समृद्ध सहकारी, सन्तुष्ट सदस्य
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालले भिजन २०३० मार्फत ३० हजार सहकारीलाई १० हजारमा झार्ने लक्ष्य लिएको छ ।
राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले भिजन २०३० ले ‘समृद्ध सहकारी, सन्तुष्ट सदस्य’ परिकल्पना गरेको बताईन ।
सहकारीलाई एकीकरण गरी गुणस्तरीय सहकारी संस्था बनाउन लागिएको बताई । त्यस्तै सन् २०३० सम्म सहकारीमार्फत १ हजार ठूला उद्योग सञ्चालन, २ हजार जनशक्ति उत्पादन, अनिवार्य विद्युतीय सेवा, सहकारीमार्फत ईकमर्स व्यवसाय, सुदृढ सञ्जाल, सहकारी अनुकुल कानुन लगायतका गन्तव्य तय भएका छन् । २०४० सम्म सहकारीको विशिष्ट पहिचान स्थापित गरिने, सदस्य केन्द्रीत स्वनियमन र सुशासनको अभ्यासमार्फत वस्तु तथा सेवा प्रवाहको गन्तव्य तय गरिएको महाप्रबन्ध सुब्बाले बताईन । त्यस्तै कार्यपत्र प्रस्तुत गर्दै सुब्बाले भनिन्, ‘सहकारीको समस्या समाधान गर्न सरकार र अभियानको संयुक्त तरलता व्यवस्थापन कोष बनाउनुपर्छ ।’

सहकारीको लगानी अनुत्पादक क्षेत्रमा लगानी हुँदा समस्या आएको बताउँदै अभियान र सरकार अम्भिर हुनुपर्ने समेत बताईन । ‘सहकारीमा विश्वासको संकट बढ्दै गएको छ,’ उनले भनिन्, ‘बचतकर्ताले बचत गर्ने की नगर्नेे सोच्न थालेका छन् ।’ महाप्रबन्धक सुब्बाले सहकारीका अध्ययन कागजमा मात्रै सीमित भएको बताइन् । ‘अध्ययन हुन्छ, किन कार्यान्वयन हुँदैन’, उनले भनिन् ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले कृषि प्रधान देशमा २ खर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात भईरहकाले सहकारीमार्फत उत्पादन बढाउनुपर्ने बताए । ‘भिजन २०३० ले कृषिमा सहकारीमार्फत आत्मनिर्भर हुने लक्ष्य राख्नुपर्छ’, उनले भने, ‘खाद्य सम्प्रभूता क्षेत्रमा सहकारीले योगदान गर्नुपर्छ ।’ रैथाने बिउ लोभ भएकाले दिगो विकास लक्ष्य प्राप्त गर्न सहकारीले काम गर्नुपर्ने उनले बताए ।
ऋण असुली न्यायाधिकरण ल्याउन कुनै पक्षले पनि नरोक्नुपर्नेमा ऐन आएको ५ वर्ष भइसक्दा पनि कार्यान्वयन नहुनु दुःखद् भएको बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सबैको सहभागितामा छलफल गरी भिजन बनाउनुपर्ने बताए । ‘सहकारीका समस्या हामी समाधान गर्ने हो,’ उनले भने, ‘राज्यले सहयोग गरेन भने घेर्न हिम्मत पनि गर्नुपर्छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
