सहकारीमा डिजिटल कारोबार अनिवार्य
काठमाडौं : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारी संस्थाहरुलाई प्रविधिमैन्त्री बनाउन आफ्नो दक्षता र क्षमता बढाउन आवश्यक रहेको औंल्याएका छन् । उनले सहकारीहरुलाई प्रतिस्पर्धी र दक्ष बनाउन प्रविधिलाई आर्थिक क्षेत्रको प्रमुख साधनका रुपमा अपनाउनुपर्ने बताए ।
विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन शुक्रबार ‘सहकारी क्षेत्रमा डिजिटल नविनता’ विषयगत कार्यपत्र प्रस्तुत गर्दै पाण्डेले हरेक प्रविधि अर्थतन्त्रको साधन भइसकेकाले विस्तारै नोटको कारोबार कम हुँदै जाने र प्रविधि अनिवार्य हुँदै गइरहेको बताए ।
उक्त बहसमा इन्फो डेभलपमेन्ट प्रालिका उमेश राजवंशी, आइसीटी विज्ञ मनोहर भट्टराईले पनि सहकारीमा प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताए । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको महासम्मेन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत भइरहेका छन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार

