२३ कात्तिक २०८३, सोमबार

किसान सहकारीको ४१ वटा सेवा केन्द्रमा सदस्य गोष्ठी सम्पन्न, विभिन्न विधामा सम्मान

२०७९ चैत २४, शुक्रबार
किसान सहकारीको ४१ वटा सेवा केन्द्रमा सदस्य गोष्ठी सम्पन्न, विभिन्न विधामा सम्मान

कैलाली : किसान बहुउद्देश्यीय सहकारी संस्थाले ४१ वटा सेवा केन्द्रमा सेयर सदस्य प्रतिनिधि गोष्ठी (केन्द्र प्रमुख गोष्ठी २०७९) सम्पन्न गरेको छ ।

संस्थाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पर्नका लागि सेयर सदस्यहरुबाट राय, सुझाव सल्लाह संकलन गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरेको थियो । संस्थाले हरेक वर्ष गोष्ठी कार्यक्रम गर्दै आईरहको छ । साथै सदस्यसँग अन्तरक्रिया गरी संस्थाको गतिविधि बारे पनि गोष्ठीमार्फत जानकारी गराउने गरेको छ ।

चैत्र १ गतेबाट चैत्र १८ गतेसम्म ४१ वटा सेवा केन्द्रहरुमा गोष्ठी भएको थियो । गोष्ठीमा ७८ हजार सदस्यको प्रतिनिधीत्व गर्दै ५ हजार २ सय ५० जना सदस्यहरुको सहभागिता रहेको थियो । केन्द्र प्रमुख गोष्ठीमा जन्मदेखि मरणोपरान्तसम्म किसान-कोप योजना अन्तर्गत विभिन्न सुविधाहरु पनि वितरण गरियो ।

संस्थाले ८२ जनालाई रु पाँच हजारका दरले छात्रवृत्ती र एमबिबिएस अध्ययनरत सदस्यका ५ जना छोरोछोरीलाई रु १० हजारको दरले प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो । त्यस्तै उपचार खर्च अन्र्तगत जटिल शल्यक्रिया तथा घातक रोग लागेरका २३ जना सदस्यलाई रु १५ हजारका दरले प्रदान गरिएको थियो ।

त्यस्तै गोष्ठीमा कर्जा लिई उत्कृष्ट उद्यम गरेका प्रत्येक सेवा केन्द्रका ५ जनाका दरले १ सय ७५ जना उद्यमी सदस्यलाई सम्मान गरिएको थियो । साथै १०५ जना उत्कृष्ट केन्द्र प्रमुखलाई समेत गोष्ठीको अवसरमा सम्मान गरिएको थियो ।

त्यसैगरी स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित करिव १ सय ४० जना सदस्यलाई सम्मान समेत गरिएको थियो ।

किसान सहकारी संस्थाको २०७९ फाल्गुन मसान्त सम्मको वित्तीय विवरण अनुसार सेयर पुँजी करिब ३८ करोड, कुल बचत ३ अर्ब ४ करोड, कुल सम्पत्ति ५ अर्ब ३० करोड, लगानीमा रहेको कर्जा ४ अर्ब २७ करोड रहेको छ । त्यस्तै सेयर सदस्य संख्या ७८ हजार ४ सय ७० रहेको संस्थाले जनाएको छ ।

संस्थासँग लगानी योग्य रकम (तरता) २३.७ प्रतिशत रहेको संस्थाले जनाएको छ।

 

 

अभिलेख

लोकप्रिय