एमबैंक र आईएमई पे बीच डिजिटल भुक्तानीको लागि सम्झौता
काठमाडौं : मोबाइल बैंकिङ सेवा प्रदायक सफ्टवेयर कम्पनी एमबैंक र आईएमई पे बीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ।
सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनी बीच सहकार्य भएको हो । आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रबिन रेग्मी र एमबैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
आईएमई पेसँगको सहकार्यसँगै अबदेखि एम बैंक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारीबाट आईएमई पे वालेटमा रकम लोड, आईएमई पे बाट सहकारीमा रकम ट्रान्स्फर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरी केबल कारको टिकट काट्ने देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेको कम्पनीले जनाएको छ। आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन्।
सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । प्रायस् जुनसुकै सफ्टवयरमा जडान गर्न सकिने ‘एम बैंक’ को सेवा जुन सुकै सहकारीले पनि सजिलै लिन सक्ने छन् । एम बैंक नेपालमा सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी पनि हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
