२३ कात्तिक २०८३, सोमबार

‘सहकारीको ऋण तिर्दैनौं भन्नेहरुलाई सामाजिक बहिष्कार गरौं’

२०७९ चैत २१, मङ्गलबार
‘सहकारीको ऋण तिर्दैनौं भन्नेहरुलाई सामाजिक बहिष्कार गरौं’

बागलुङ : राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक राम बहादुर जिसीले सहकारीका सदस्यले खाइ नखाई जम्मा गरेको बचतको रकम ऋणका रुपमा लिएर तिर्दैनौं भन्नेहरुलाई सामाजिक बहिष्कार गर्न आव्हान गरेका छन्।

६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाद्वारा सोमबार बागलुङ बजारमा आयोजित मुख्य समारोहमा बोल्दै जिसीले भने, ‘सहकारीबाट ऋण लगेर व्यवसाय गरेका, सहकारीकै सहयोगमा आफुलाई आर्थिक रुपमा सक्षम बनाएकाहरु समेत यतिबेला सहकारीका विरुद्ध प्रचार अभियानमा लागेका छन् ।’ सहकारीबाट लगेको ऋण तिर्न पर्दैन भन्दै समुह बनाउँदै हिडेको भन्दै जिसीले सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नु पर्ने बताए ।

‘सहकारीका सदस्यहरुले आफ्नो गाँस कटाएर जम्मा गरेको बचत रकमबाट ऋण लगेकाहरुलाई ऋण तिर्न पर्र्दैन भन्दै हिडेका छन् । जनताको पैसा तिर्दिन भन्नेहरुको संख्या बढ्न थालेको छ’, जिसीले भने ‘सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नुका साथै ठाउँका ठाउँ प्रतिवाद गर्नु पर्दछ ।’

अभिलेख

लोकप्रिय