२३ कात्तिक २०८३, सोमबार

साना किसान सहकारीमा मोबाइल बैंकिङ पहुँच पुर्याउँदै एमबैंक

२०७९ चैत २१, मङ्गलबार
साना किसान सहकारीमा मोबाइल बैंकिङ पहुँच पुर्याउँदै एमबैंक

काठमाडौं : साना किसान कृषि सहकारी संस्थाहरुले पनि सदस्यहरुलाई मोबाईल बैंकिङ सेवा प्रवाह गर्न थालेका छन् । साना किसान सहकारीहरुले मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंक र म्याग्नस कन्सल्टिङ ग्रुप प्रा.लि.सँग सहकार्य गरेर सदस्यहरुलाई डिजिटल सेवा दिन थालेको हो ।

हाल ५ वटा साना किसान सहकारीले मोबाइल बैंकिङ सेवा सुरु गरेका छन् । साना किसान कृषि सहकारी संस्था बुद्धभुमि इमिलिया,  साना किसान कृषि सहकारी संस्था निग्लिहवा, साना किसान कृषि सहकारी संस्था मोतीपुर, साना किसान कृषि सहकारी संस्था बडागाउँ र साना किसान कृषि सहकारी संस्था मनहरी मकवानपुरले एम बैंकको मोबाइल बैंकिङ सेवा सुरु गरेको हो ।

म्याग्नस कन्सल्टिङ ग्रुपले साना किसान सहकारी संस्थालाई कोर बैंकिङ सिस्टमको सेवा दिँदै आएको छ । कम्पनीले निमार्ण गरेको सफ्टवेयर देशभरका ७ सय साना किसान सहकारीले प्रयोग गर्दै आएको छ । साना किसान सहकारीहरुलाई डिजिटल प्लेटफर्ममा जोड्ने अभियानमा एमबैंक र म्याग्नस कन्सल्टिङ लागि परेको छ । सात सय वटै साना किसान सहकारीमा मोबाईल बैंकिङ सेवा पुर्याउने अभियानमा कम्पनीहरु लागि परेका छन् । मोबाईल बैंकिङ प्लेटर्फबाट किसानहरुलाई कृषिसँग सम्बन्धीत सूचनाहरु समेत उपलब्ध गराउने एमबैंकले जनाएको छ ।

दुबै कम्पनीको संयुक्त आयोजनामा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चितवन, बर्दघाट र रुपन्देहीमा प्रविधिमा सहकारी विषयक तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिममा एक सय भन्दा बढी साना किसान सहकारीका प्रबन्धकको उपस्थिती रहेको थियो ।

एमबैंकले देशभर झण्डै ६ सय सहकारी संस्थालाई डिजिटल बैंकिङमा जोडेको छ । सहकारीमा एमबैंकको सेवा निकै लोकप्रिय बन्दै गएको छ । अनलाइन वित्तीय प्रविधिको बढ्दो विकास, सदस्यहरुको आवश्यकता र चाहाना स्वरुप अब अत्याधुनिक बैंकिङ सेवा सबै साना किसान सहकारीले लिन सक्ने एमबैंकका संस्थापक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठले बताए ।

एमबैंक आइएसओ २७००१ः२०१३ बाट प्रमाणित कम्पनी हो । सहकारी क्षेत्रमा काम गर्ने मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी मध्ये आइएसओ २७००१ः२०१३ प्रमाणित हुने एमबैंक पहिलो कम्पनी हो । कम्पनीले आफ्ना ग्राहकलाई उच्च गुणस्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्रदान गर्दै आएको छ। एमबैंकले आइएसओ ९००१ः२०१५ प्रमाणिकरण प्राप्त गरिसकेको छ ।

आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुनु भनेको सुरक्षित तवरले काम गर्न सक्ने एउटा बिश्वासको आधार हो । यस प्रमाणिकरणले एमबैंक प्लेटफर्म अन्तर्गत ग्राहकहरुका हरेक डाटा तथा कारोबारहरु सुरक्षित रहेका छन् र त्यसमा कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गर्दछ ।

‘एम बैंक एप एक, सुविधा अनेक’ भन्ने नारा सहित नेपालका सहकारी संस्थाहरुलाई डिजिटाइजेसन जोड्ने एमबैंक अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदायक अग्रणी सफ्टवेयर कम्पनी हो । जुनसुकै सफ्टवेयर चलाएका सहकारीले पनि एमबैंकको मोबाईल बैंकिङ सेवा सुचारु गर्न सक्छन् ।

सहकारीका सदस्यले घरमै बसेर मोबाईल सेवा उपभोग गरी खानेपानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, राजश्व भुक्तानी, मोवाईल रिचार्ज, सहकारीबाट बैंकमा तथा बैंकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, अनलाइन रेमिटान्स लगायत अन्य थुप्रै सेवाहरू सजिलै उपभोग गर्न सक्छन् । सहकारी संस्थाले पनि आफ्नै क्यूआर भुक्तानी सेवा प्रयोग गरी सहकारीका सदस्यहरुलाई आफ्नो पसल तथा व्यवसायमा क्यूआर कोड मार्फत भुक्तानी गर्न र गराउने सुबिधा पनि एम बैंकले प्रदान गरेको छ।

 

अभिलेख

लोकप्रिय