१५ औं बार्षिकोत्सवमा पाँच तारा बचतको बृहत रक्तदान, १३५ जनाले गरे रक्तदान
काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६६औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १५ औं बार्षिकोत्सवको को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको आयोजना, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) र ब्लोदान पुर्वी भेगीय क्षेत्रीय समिति कोटेश्वरको संयोजनमा कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा बोल्दै ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान)का केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापतिले कोरोनाकाल पछि रक्तदान कार्यक्रमहरु सिथिल भएको भए पनि पछिलो समय रक्तदान गर्नेहरु बढेकाले रगतको अभाव नभएको बताए । कोभिड र डेंगु लागेपछि रक्तदान गर्न नहुने भएकाले रक्तदानमा केही कमी देखिएको उनले बताए । कोभिडको समयमा उपचारका लागि रगतको माग उच्च हुँदा रगत आपुर्तिमा केही कमी जस्तो देखिए पनि रगतको अभाव नै भने नभएको उनले जानकारी दिए ।
अहिले धेरै संघसंस्थाले रक्तदानको महत्व बुझिसकेकाले विभिन्न ठाउँमा रक्तदान कार्य भईरहेको उनको भनाई छ । अब नयाँ नयाँ रक्तदाताहरुलाई रक्तदान गर्नको लागि अभिप्रेरित गर्नुपर्ने र त्यसका लागि सबै संघ संस्थाले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । कतिपयले कसैले अनुरोध गरेका कारण रक्तदान गर्ने गरेको भए पनि उनीहरुलाई रक्तदान गर्नुको महत्वको बारेमा बुझाउन आवश्यक रहेको प्रजापतिले बताए । कसैलाई रक्तदान गर्न भन्नु भन्दा पहिला रक्तदानको महत्व, रक्तदान गर्दाको फाईदा र किन रक्तदान गर्ने भन्ने जस्ता विषयमा बुझाउन आवश्यक छ । सबैमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन सके अझ प्रभावकारी हुनेमा उनको जोड छ । अन्तरक्रिया वा पत्रकारिताको माध्यमबाट ब्लोदानले रक्तदानको महत्वको बारेमा सर्वसाधरणलाई जानकारी दिदै आएको उनले जनाए । काठमाण्डौ उपत्यकामा शनिबार मात्रै ५० औं ठाउँमा रक्तदान हुने गरेको भन्दै अब हरेक संघसंस्थाले हप्ताभरी नै रक्तदान आयोजना गर्नु उचित हुने उनले बताए ।

ब्लोदानको आव्हानमा साप्ताहिक रुपमा नै विभिन्न संघसंस्थाले रक्तदान गर्दै आएको उनले बताए । रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा स्वंयसेवी संस्थाहरुको प्रयासले मात्रै नपुग्ने भएकाले सबैको सहकार्य जरुरी रहेको प्रजापतिले बताए । यस अघि नेपाल रेडक्रस सोसाइटीले मात्रै रक्तदान गर्दैै आएकोमा राष्ट्रिय रक्तदाता नीति २०७१ आए पछि अन्य निकायहरुले पनि रक्तसञ्चार सम्बन्धी कार्य गर्न बाटो खुलेको हो । स्थानीय सरकारले रक्तदानलाई केही प्राथमिकता दिएको र कतिपय स्थानिय तहले त रगत निशुल्करुपमा उपलब्ध गराउन थालेको उनको भनाई छ । केन्द्रिय सरकारले रक्तदान गर्ने संघसंस्थालाई अभिप्रेरित गर्ने, नियमित रक्तदान गर्ने वातावरण बनाउने तथा स्वयंसेवी रक्तदाताहरु बढाउनेतर्फ लाग्नु पर्नेमा उनको जोड छ ।
अहिले कूल जनसंख्याको १ प्रतिशतले मात्रै रक्तदान गर्दै आएका छन् । रक्तदान सम्बन्धी जनचेतनाको कमीले धेरै मानिसले रक्तदान गर्न नचाहेको उनले प्रष्ट पारे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बाहेक पनि रक्तदान गर्न स्थानिय तह र संघ/संस्थालाई आव्हान गर्न उनको सुझाब छ । काठमाडौंमा ठुल्ला अस्पताल रहेकाले रगतको माग बढी रहेको भन्दै उनले विरामीलाई बचाउन रगतको पनि त्यतिकै महत्व भएकाले सबैलाई रक्तदान जस्तो पवित्र कार्यमा लाग्न आग्रह गरे ।

कास्कूनका सचिव बीरेन्द्र भण्डारीले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर धेरै सहकारी संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेको जनाए । हरेक तीन–तीन महिनामा नयाँ रगत बन्ने र खेर जाने रगत दान गर्न सके अरुको जीवन बचाउन सकिने हुँदा सबै रक्तदान गर्नुपर्ने बताए । सहकारी क्षेत्रले रक्तदानको क्षेत्रमा राम्रो भुमिका खेलका र रगतको व्यस्थापनमा महत्वपुर्ण योगदान पु¥याएको उनको भनाई छ । ब्लोदानको संयोजनमा कास्कूनले विगतमा हप्तैपिछे रक्तदान गर्दै आएको भएपनि अहिले विविध कारणले निरन्तरता दिन नसकेको र निकट भविष्यमा नै प्रत्येक हप्ता सहकारीमार्फत् रगत संकलन गर्ने उनले बताए ।
कास्कूनले रक्तदान गर्न चाहने संंस्थाहरुलाई सहजिकरण गरिदिने भन्दै उनले सबै सहकारीलाई रक्तदान कार्यक्रम गर्न आग्रह गरे । सहकारीले समुदायका मानिसहरुलाई एकाकार गरेको भन्दै रक्तदान गर्न सजिलो हुने उनले बताए ।
पाँच तारा साकोसका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले मानवीय सेवा पु¥याउने उदेश्यले रक्तदान आयोजना गरिएको उल्लेख गरे । बिरामीको उपचारको लागि आवश्यक पर्ने रगत अभावलाई केही मात्रामा भएपनि पूर्ति गर्ने उद्देश्यले संस्थाले हरेक बर्ष सहकारी दिवसको अवसर पारेर रक्तदान गर्दै आएको उनले जानकारी दिए ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले १ सय ३५ जनाले रक्तदान गरेको बताए । संस्थाले विगत १४ वर्षदेखि सहकारी दिवसको अवसर पारेर निरन्तर रक्तदान गर्दै आएको छ । संस्थाले रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए । रक्तदान जस्तो पवित्र कार्यमा युवाहरुलाई समेत आकर्षित गर्न सकेको भन्दै अध्यक्ष पाठकले यस पटक ४० जना युवाले पहिलो पटक रक्तदान गरेकोमा खुशी ब्यक्त गरे । युवाहरुलाई रक्तदानमा जोड्न सके रगत अभाव न्युनिकरणमा ठूलो टेवा पुग्ने भन्दै उनले यसका लागि राज्यले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । संस्थाले रक्तदातहरुलाई अभिप्रेरित गर्ने उदेश्यले प्रमाण पत्र र टिसर्ट उपलब्ध गराएको थियो ।
संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई पाँच पटक भन्दा बढी रक्तदान गर्ने ब्यक्तिहरुलाई चाँदीको सिक्का र दोसल्ला ओढाएर सम्मान गर्ने गरेको छ । संस्थाले सहकारी दिवसकै अवसर पारेर महिलाहरुको लागि स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । शिविरबाट ५० जना महिलाले विशेष परिक्षण र ३० जनाले साधारण परिक्षण गराएको संस्थाले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
