२३ कात्तिक २०८३, सोमबार

सहकारी दिवसबाट ज्योतिपुञ्ज बचतले सुरु गर्यो सदस्य अभिमुखिकरण

२०७९ चैत २०, सोमबार
सहकारी दिवसबाट ज्योतिपुञ्ज बचतले सुरु गर्यो सदस्य अभिमुखिकरण

काठमाडौं : बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले सदस्य स्वागत तथा अभिमुखिकरण कार्यक्रमको सुरुवात गरेको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थाले नयाँ सदस्यहरुको लागि यस्तो कार्यक्रमको सुरुवात गरेको हो ।

संस्थाको कुमारीपाटी सेवा केन्द्र अन्तर्गत रहेको आफ्नै भवनको सभा कक्षमा सम्पन्न उक्त कार्यक्रममा २४ जना नयाँ सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका सञ्चालक बबिता अमात्यले गरेकी थिईन भने प्रमुख कार्यकारी अधिकृत (सिईओ) नवराज कार्कीले संस्थाका विविध गतिविधिका बारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित सदस्यहरूले संस्थाको विषयमा आआफ्ना धारणा, सुझाव तथा जिज्ञासा समेत राखेका थिए । संस्थाको सदस्यता लिएपछि एक महिना भित्रै संस्थाले अभिमुखिकरण कार्यक्रम प्रदान गर्ने सिईओ कार्कीले जानकारी दिए । सदस्यहरूलाई सहकारी र संस्थाको बारेमा सुसूचित गराउने योजनाका साथ कार्यक्रम सुरुवात गरेको कार्कीले बताए । संस्थाको मुख्य कार्यालयका साथै तीन वटै सेवा केन्द्र (कुमारीपाटी, लुभू र गोठाटार) बाट अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने समेत कार्कीले बताए ।

अभिमुखिकरण कार्यक्रममा सहकारी तथा वित्तीय शिक्षा, संस्थाको वित्तीय अवस्था, संस्थाले प्रदान गर्ने सेवाहरु, सहकारीमा सदस्यको भूमिका लगायतका विषमा सदस्यहरुलाई जानकारी गराईनले सिईओ कार्कीले बताए ।

 

अभिलेख

लोकप्रिय