२३ कात्तिक २०८३, सोमबार

सहकारीखबरको नयाँ ‘लोगो’ सार्वजनिक

२०७९ चैत १९, आईतवार
सहकारीखबरको नयाँ ‘लोगो’ सार्वजनिक

काठमाडौं : सहकारी क्षेत्रको पहिलो डिजिटल पत्रिका सहकारीखबर डटकमको नयाँ लोगो (मास्टहेड) सार्वजनिक भएको छ । नेपालको पहिलो सहकारी डिजिटल पत्रिका सहकारीखबर स्थापनाको ११ औं वर्ष प्रवेशको पुनित अवसरमा नयाँ लोगो सार्वजनिक गरिएको हो ।

पाठकहरुको अपेक्षा र समयको माग सम्बोधन गर्दै नयाँ सोच र परिकल्पनासहित आकर्षक लोगो सार्वजनिक गरिएको हो । संस्थागत छविका रुपमा लिइने लोगोले सहकारीखबरको साख वृद्धिमा उल्लेख्य भूमिका खेल्ने विश्वास लिइएको छ । नयाँ लोगो नवीन उर्जा, युगीन चेत र दिगोपनाको द्योतक बन्ने विश्वास प्रकाशक संस्थाले लिएको छ ।

नेचुरल मिडिया प्रा.लि.द्वारा प्रकाशित सहकारीखबर डटकम २०६९ साल चैत्र २० गते राष्ट्रिय सहकारी दिवसकै अवसर पारेर विधिवत सञ्चालनमा आएको थियो । भोलि चैत २० गते पत्रिका औपचारिक रुपमा ११ औं वर्ष प्रवेश गर्दैछ । सहकारी क्षेत्रमा निष्पक्ष र व्यावसायिक पत्रकारिताको स्वतन्त्र र बिशिष्ट अभ्यासको उद्देश्यसहित सहकारीखबरको पर्दापण भएको थियो ।

नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ सहकारी पत्रकारितामा अब्बल बन्ने सोंच प्रकाशक संस्थाको रहेको छ । पत्रिकाले पठन सामाग्रीहरुमा थप निष्पक्षता, विश्वसनीयता, गुणस्तरीयता र श्रव्यदृश्य सामाग्रीहरुलाई बढावा दिने उद्देश्य लिएको छ ।

अभिलेख

लोकप्रिय