रामपुर साकोसद्वारा सदस्य सक्षमता विकास तालिम
पोखरा : रामपुर बचत तथा ऋण सहकारी संस्था, पाल्पाको आयोजनामा सदस्य सक्षमता विकास सम्बन्धि दुई दिने तालिम पोखरामा सुरु भएको छ ।
संस्थाका संचालक समिति, उपसमिति र सल्लाहकारका लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो । पोखरा लेकसाईडमा होटल लेकप्यालेसमा सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा तालिम शुभारम्भ गरिएको छ । अध्यक्ष रेग्मीले सहकारीको स्थापनादेखि हालसम्मका अवस्था जानकारी गराउँदै कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराएका थिए ।
तालिमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान संचालक समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठले गरेका थिए। श्रेष्ठले केही सहकारीले नीति नियम र कानुन अनुसार संचालन नहुँदा अहिले विकृति आएको बताउँदै सहकारीले सदस्य सेवालाई पहिलो प्राथमिकता दिएर काम गरेमा सबैको हित हुने बताए ।
प्रदेश सभा सदस्य श्रेष्ठले केही नियम विपरित चलेका सहकारीले गर्दा नियम संगत चलेका सहकारीलाई समेत अप्ठ्यारो पार्ने गरेको बताउउँदै सदस्य सबै मिलेर एकताबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताए । समितिका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको तालिम उद्घाटन सत्रको संचालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गरेका थिए ।
तालिममा सहकारी दर्ता, वातावरण, सहकारीको अवधारणा र विकासक्रम, बचत तथा ऋण सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, व्यावहारिक प्रयोग, सहकारीको संस्थागत संरचना परिचय र समिति, उपसमितिको काम कर्तव्य र अधिकार लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको छ । तालिमको सहजिकरण नेपाल बचत तथा ऋण सहकारी संघका सुर्यप्रसाद तिमिल्सिनाले गरेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
