ज्योति मिर्मिरे सामुहिक बचतलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार
काठमाडौं : काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार’ बाट पुरस्कृत हुने भएको छ।
राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक बचत छनोट भएको हो । महासंघले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आईतबार आयोजित कार्यक्रममा बागमती प्रदेशकै उत्कृष्ट संस्थाबाट पुरस्कृत गर्ने घोषणा गरेको हो । आज घोषणा गरेको यो पुरस्कार महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन प्रदान गर्ने गर्दछ ।
ज्योति मिर्मिरे सामुहिक बचत समुदायमा आधारित नेपालकै उत्कृष्ट संस्था मध्ये एक हो । संस्था यसअघि नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)बाट तीन विधामा पुरस्कृत भैसकेको छ। पहिल्लो पटक २०७६ सालमा नेफ्स्कूनले प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यस्तै संस्थाले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले पनि उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यसैगरी पनौती नगरपालिकाबाट नगरस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार संस्थाले पाएको थियो ।
पछिल्लो वित्तीय विवरण (फागुन मसान्त) अनुसार संस्थामा १४ हजार ५ सय ४७ जना सदस्य आवद्ध छन्। १० करोड ४७ लाख सेयर पुँजी रहेको संस्थाको कुल सम्पत्ती १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ५ करोड ५२ लाख, अन्य कोषहरु ३ करोड, कुल संस्थागत पुँजी ५ करोड ९७ लाख, कुल बचत ७० करोड र लगानी ८२ करोड रुपैयाँ रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
