सहकारी दिवसको अवसरमा बागलुङ बजार सरसफाई
बागलुङ : ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बिहान बागलुङ बजार सरसफाई गरिएको छ ।
बागलुङ नगरपालिका, सहकारी शाखा र जिल्ला सहकारी संघ लिमिटेडको आयोजना तथा विषयगत सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक र विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको सहभागितामा बजार सरसफाई गरिएको हो । दुई समूहमा विभाजन गरेर सरसफाई गरिएको थियो । सरसफाईको शुभारम्भ बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए ।
समिट चोकदेखि, ट्राफिक चोक, टेलिकम चोक, अस्पताल रोड हुँदै धौलागिरी चोक र अर्को समूह समिट चोक हुँदै हल्लन चोक हुँदै जीप पार्क सम्म सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमका सहभागीहरुलाई बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले धन्यवाद दिएर समापन गरेका थिए।
चैत १८ गते बजार सरसफाई सरसफाई गरेका सहकारी कर्मीहरुले चैत २० गते मुल समारोहको आयोजना गरेका छन् । जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको संयुक्त आयोजना तथा विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुको सहभागितामा हुने र्यालीपछि जोजोलोपा पार्टी प्यालेसमा मुख्य समारोह हुने जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिईन ।
सहकारी दिवसको मुख्य समारोह र र्यालीमा आ-आफ्नो संघ/संस्थाको ब्यानरसहित बढी भन्दा बढी सहकारीकर्मीहरुको सहभागिताका लागि आव्हान गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माले बताए ।
६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत १७ गते जिल्ला सहकारी संघले जिल्ला स्तरीय महिला गोष्ठी सम्पन्न गरेको छ । जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरुका लागि तालिम कार्यक्रम सञ्चालन हुँदैछ।
सहकारीको दिगोपन: स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको सहकारी दिवस बागलुङका सम्पूर्ण पालिकाहरुमा मनाउनका लागि जिल्ला सहकारी संघ बागलुङले आव्हान गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
