२३ कात्तिक २०८३, सोमबार

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्‍याली र सभा हुने

२०७९ चैत १५, बुधबार
सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्‍याली र सभा हुने

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले काठमाडौं उपत्यका भित्रका सहकारी संघ/संस्थाहरुलाई संयुक्तरुपमा ६६औं राष्ट्रिय सहकारी दिवस मनाउन आह्वान गरेको छ ।

संकटको समयमा समेत सहकारी अभियान अविचलित रहेको सन्देश दिन र अभियानले राखेका मागहरुप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले बृहत संयुक्त र्‍यालीसहित दिवस मनाउन महासंघले आह्वान गरेको हो ।

महासंघले आज एक विज्ञप्ती जारी गरेर काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई चैत्र २० गते उपत्यका केन्द्रित प्रभातफेरीमा झाँकी, ब्यानर र प्लेकार्ड सहित सहभागी हुन आग्रह गरेको हो ।

महासंघले काठमाडौं जिल्लाका सहकारीकर्मीहरुलाई सहकारी दिवसका दिन विहान ७ बजे नयाँ बानेश्वर चोक, मैतीदेवी, रत्नपार्क, बसन्तपुर र त्रिपुरेश्वरबाट माईतिघरसम्म हुने र्‍यालीमा झाँकी, ब्यानर र प्लेकार्ड सहित सहभागी हुन अनुरोध गरेको छ ।

यसैगरी भक्तपुर जिल्लाका सहकारीकर्मीहरुलाई तीनकुनेमा र ललितपुर जिल्लाका सहकारीकर्मीहरुलाई कानदेवता स्थानमा भेला भएर माईतिघर सम्म र्‍याली  निकाल्न आग्रह गरेको छ।

राजधानीका सबै स्थानबाट निस्केको र्‍याली  माईतिघरमा पुगेपछि कोणसभामा परिणत हुने ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोक ओमदेवी मल्लले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

 

अभिलेख

लोकप्रिय