२३ कात्तिक २०८३, सोमबार

विकू बचतको २४औं सेवा केन्द्र नवलपुरको शिलान्यास चोकमा

२०७९ चैत १०, शुक्रबार
विकू बचतको २४औं सेवा केन्द्र नवलपुरको शिलान्यास चोकमा

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले २४ औं सेवा केन्द्र विस्तार गरेको छ। संस्थाले गैंडाकोट नगरपालिका-२, मा शिलान्यास सेवा केन्द्र विस्तार गरेको हो ।

सेवा केन्द्रको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विकू नमुना सहकारीका रुपमा रहेको बताउँदै सदस्यमैत्री सेवामा नै केन्द्रित हुन आग्रह गरे।

कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले हामी भन्ने भावनाले नै अघि बढिरहेकोले विकूले सफलता पाएको बताए ।

संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै विकूका सञ्चालक सदस्य ईन्द्र ज्योती पौडेल, लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, विकूका संस्थापक सदस्य खगराज आचार्य, विजयश्री उपभोक्ता सहकारीका सचिव गोविन्द रिमाल, मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा, नेराश आर्दश मावि व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विकूमा हाल १ लाख १० हजार १ सय ६२ जना सेयर सदस्य रहेका छन् । विकू बचतको ९ अर्ब २३ करोडको सम्पत्ति र ९० करोड ८७ लाख ७३ हजारको सेयरपूँजी रहेको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए। सहकारीमा ७ अर्ब २६ करोड बढी बचत र ६ अर्ब ९५ करोड बढी ऋण लगानीमा रहेको छ। तरलता रकम १ अर्ब ८३ करोड अर्थात २५.२७ प्रतिशत रहेको छ । अहिले संस्थाका ९ हजार ६ सय ४ जना ऋणी सदस्य रहेका छन् ।

अभिलेख

लोकप्रिय