२३ कात्तिक २०८३, सोमबार

युवा सदस्यलाई चन्द्रागिरि बचतको फाइनान्सियल फिटनेश

२०७९ चैत १०, शुक्रबार
युवा सदस्यलाई चन्द्रागिरि बचतको फाइनान्सियल फिटनेश

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ३५ वर्ष भित्रका युवा सदस्यलाई लक्षित गरी फाइनान्सियल फिटनेश कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी वीकको अवसरमा संस्थाले वित्तीय स्वस्थताको लागि ज्ञान, सीप र धारणामा सुधार गर्ने विभिन्न उपायहरुको बारेमा प्रशिक्षण दिईएको थियो।

साथै वित्तीय जीवन समृद्ध बनाउनको लागि तय गर्नुपर्ने वित्तीय लक्ष्य, लक्ष्य पुरा गर्न आवश्यक प्रवल ईच्छाशक्ति, मानिसका सपना र सपना पछ्याउनसक्ने खुबी र रुपैयाँ पैसाको ७ सुनौला नियमहरुको बारेमा जानकारी गराईएको संस्थाले जनाएको छ।

कार्यक्रमा युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्यहरु हासिल गर्ने कार्यमा अभ्यस्त बनाउनका लागि वित्तीय लक्ष्य निर्धारण गर्ने सल्लाह दिईएको थियो। आफुसँग उपलब्ध श्रोत साधनमा सिमित रहन, बचतलाई बानीकै रुपमा विकास गर्न, बुद्धीमतापूर्ण तरिकाले ऋण लिन, लागत तुलना गरेर मात्र खर्च गर्न, रुपैयाँ पैसालाई सक्रिय बनाउन र जोखिमलाई न्यूनीकरण गर्न सल्लाह दिईएको संस्थाले जनाएको छ।

त्यसैगरी कार्यक्रममा सहभागीहरुलाई वित्तीय लक्ष्य निर्धारण गर्ने प्रकृयाहरु, खर्च व्यवस्थापन गर्ने ट्राफिक नियम, आम्दानीबाट बचत गरी बाँकी रहेको रकम खर्च गर्ने तरिका, बुद्धिमतापूर्ण ऋण लिने तरिका, रुपैया पैसालाई सक्रिय बनाउने जुक्ति, ८०÷२० को परेटो सिद्धान्त, जोखिम युक्त अवस्थाको तयारी गर्ने तरिका सिकाईएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जनाकारी दिए।

ग्लोबल मनी वीकमा युवाहरुमा रुपैयाँ पैसा सम्बन्धी विश्वव्यापी सचेतना अभिबृद्धि गर्ने अभियान हो । युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्यहरु हासिल गर्न आवश्यक ज्ञान,सीप र धारणाहरु विकास गर्नको लागि यो अभियान सञ्चालित छ। यस अवसरमा संसार भरी युवाहरुलाई वित्तीय साक्षरताका कृयाकलापहरुमा जोड्ने कार्यहरु भईरहेका छन्।

May be an image of 8 people, people standing, people sitting and indoor

अभिलेख

लोकप्रिय