‘सहकारी महासम्मेलनबाट समस्या समाधानका लागि संयुक्त प्रयास हुनेछ’
राष्ट्रिय सहकारी महासंघ, नेपाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदैछ । चैत्र २३ देखि २५ सम्म काठमाडौैको याक एण्ड यती होटलमा हुने महासम्मेलनको तयारी तिब्र पारिएको छ । हरेक ५ वर्षमा आयोजना हुने महासम्मेलन सहकारी क्षेत्रको विकास, उन्नयन र प्रवद्र्धनका साथै यस क्षेत्रका समस्या समाधानमा कोशेढुंगा हुने अपेक्षा गरिएको छ । महासम्मेलनमा सहभागी हुन आगामी चैत्र १० गतेसम्म रजिष्ट्रेशनको समय रहेको छ । डिजिटल वालेट खल्तीएपमार्फत रजिष्ट्रेशन गरी समयमै सिट सुरक्षित गर्न सकिने महासंघले जनाएको छ । पहिलो र दोस्रो महासम्मेलनले उठाएका ८० प्रतिशत विषयहरु सम्बोधन भएको समेत महासंघले जनाएको छ । महासम्मेलनमा सहकारीकर्मीका साथै सहकारीसँग सम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबीच घनीभूत छलफल गरी सहकारी भिजन २०३० समेत तय गरिने महासंघको सोच छ । महासम्मेलन आयोजना गर्नुको उद्देश्य, आवश्यक तयारी, उपलब्धी, सहभागिताको अवस्था र समसामयिक विषयवस्तुमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलसँग गरिएको भिडियो संवाद:-
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
