दोस्रो वर्षमा आर्वा बहुउद्देश्यीय सहकारी, स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम
कास्की : पोखरा-१३, स्थित श्री आर्वा बहुउद्देश्यीय सहकारी संस्था आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो बार्षिकोत्सब तथा स्थापना दिवस संस्थाले सप्ताहव्यापी कार्यक्रम गरी मनाउन लागेको छ। चैत्र ६ गतेदेखि १२ गतेसम्म विविध कार्यक्रम गरी पहिलो बार्षिकोत्सब तथा स्थापना दिवस मनाउन लागेको हो।
जस अनुरुप ६ गते माध्यमिक बिद्यालय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ । उक्त कार्यक्रमको संयोजकमा संस्थाकी सदस्य बिन्दु बराल रहेकी छिन् । त्यस्तै ७ गते सरसफाई कार्यक्रम, ८ गते दीन दुःखीलाई सहयोग गर्ने, ९ गते अन्तर्कृया कार्यक्रम, १० गते बृहत रक्तदान कार्यक्रम गर्ने संस्थाले जनाएको छ ।
त्यस्ते ११ र १२ गते पाठेघरको मुखको क्यान्सर सम्बन्धि महिला सचेतना कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष अध्यक्ष नवीन बरालले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमको अन्तिम कार्यक्रमको रुपमा १२ गते जेष्ठ नागरिक सम्मान तथा समापन कार्यक्रम रहेको संस्थाका सचिव शोभित बराल जानकारी दिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
