युवा सदस्य लक्षित सात कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाउँदै पोखरा रोयल
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘ग्लोबल मनी विक-२०२३’ विविध कार्यक्रम गरी मनाउने भएको छ। संस्थाले ‘सात दिन, सात कार्यक्रम’ गरी ग्लोबल मनी विक मनाउन लागेको हो।
संस्थाले आजदेखि चैत्र १२ गतेसम्मको कार्यक्रम घोषणा गरेको छ । ‘सात दिन, सात कार्यक्रम’ अन्तर्गत आज (चैत्र ६ गते) देखि चैत्र १२ गतेसम्म संस्थामा आउने युवा सदस्यलाई स्वागत तथा सम्मान कार्यक्रमको गर्नेछ ।
त्यस्तै चैत्र ६ गतेदेखि १२ गतेसम्म वित्तीय साक्षरण सम्बन्धी चेतनामूलक सामग्री पोष्ट गर्ने, चैत्र ६ गतेदेखि १२ गतेसम्म बाल बचतकर्तालाई सेभिङ बक्स वितरण गर्ने, चैत्र ६ गतेदेखि १२ गतेसम्म युवा सदस्यता वितरण कार्यक्रम (प्रवेश शुल्क छुट) रहेको छ । त्यस्तै चैत्र ९ र १० गते युवा तथा विद्यार्थीहरुलाई सहकारी भ्रमण र कफी गफको कार्यक्रम तय गरेको छ ।
चैत्र ११ गते ‘सुन्दर भविष्यको लागि बचत’ शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता र चैत्र १२ गते १०० युथ, सहकारी दुत कार्यक्रम र युवा तथ्यांक सार्वजनिक कार्यक्रम तय गरेको संस्थाका मुख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।
युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा विश्वभर ग्लोबल मनी विक–२०२३ मनाइँदै आएको छ। सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ । यस वर्ष चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म नेपालमा मनाइने भएको हो ।
नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् ।
युवामा वित्तीय ज्ञान र सीपमार्फत व्यावहारिक रूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिने बनाउनु यो सप्ताहको मुख्य उद्देश्य हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
