२३ कात्तिक २०८३, सोमबार

जनउत्थान सहकारीद्वारा बिमा वापतको १५ लाख हस्तान्तरण

२०७९ चैत ६, सोमबार
जनउत्थान सहकारीद्वारा बिमा वापतको १५ लाख हस्तान्तरण

रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सदस्यको बिमा वापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । संस्थाका सदस्य स्वर्गिय राम बहादुर गुप्ताको परिवारलाई संस्थाले १५ लाख रुपैयाँको हस्तान्तरण गरेको हो ।

गुप्ता जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य थिए । सदस्यको नाताले एभरेष्ट इन्सुरेन्सबाट ५ लाखको दुर्घटना बीमा र सिटिजन लाईफ इन्सुरेन्सबाट ५ लाखको ऋण बीमा अन्तरगत १० लाखको दुर्घटना बीमा गरी १५ लाख रुपैयाँ संस्थाले प्रदान गरेको हो ।

स्वर्गिय गुप्ताको पत्नी र ३ वर्षिय छोरा छन् । गुप्ताको दुर्घटनामा परी केही समय अघि मृत्यु भएको थियो ।

अभिलेख

लोकप्रिय