२३ कात्तिक २०८३, सोमबार

जरा बलियाे भएका १० सहकारी

२०७९ चैत ६, सोमबार
जरा बलियाे भएका १० सहकारी

काठमाडौं : पछिल्लो समयमा सहकारी संस्थाहरु सकसमा छन् । केही सहकारीहरु बचत फिर्ता दिन सक्ने अवस्थामा छैन भने केहीले कार्यालयनै बन्द गरेका छन् । केही सहकारीका सञ्चालक सम्पर्क विहिन बनेका छन् । सहकारीका सदस्यहरु नियमित कार्यालय, नियामक निकाय र प्रहरी कार्यालय धाउन थालेका छन् । तिनै सहकारी संस्थाका कारण सिंगो सहकारी अभियान बदनाम हुनुपर्ने अवस्था सृजना भएको छ।

तर, सम्पूर्ण सहकारी एउटै होईन भन्ने गतिलो उदाहरण समुदाय केन्द्रीय सहकारीले दिँदै आएको छ । संकटको बीच पनि आफूलाई अब्बल सावित गर्दै आएका छन् । समुदाय केन्द्रीत सहकारीमा प्रयाप्त तरलता, नियमित ऋण लगानी, कारोबार वृद्धी गर्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाभन्दा बढी विश्वास पनि सहकारी मै छ । जन्मदेखि मृत्युसम्मका सेवा दिने सहकारीहरु धेरै छन् । सदस्यहरुको विश्वासकै कारण विषम परिस्थितीमा पनि समुदायमा पकड जमाएका छन्।

समुदाय केन्द्रीत रहेर कारोबार गर्ने र अब्बल संस्थाको छबी बनाएका केही सहकारी संस्थाको फागुन मसान्तसम्मको वित्तीय विवरण (हामीलाई प्राप्त) यहाँ प्रस्तुत गरेका छौं ।

 

१) पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की
सेयर पुँजीः २१ करोड ३ लाख
जगेडा कोषः १५ करोड ७३ लाख
कुल बचतः १ अर्ब ६५ करोड
कूल संस्थागत पुँजीः १५ करोड ८८ लाख
विभिन्न कोषहरुः ११ करोड ९७ लाख
लगानीमा रहेको ऋणः १ अर्ब ७८ करोड
तरलता रकमः ३९ करोड ९९ लाख
तरलताः २४.१३ प्रतिशत
कुल सम्पत्ती: २ अर्ब २६ करोड ५६ लाख
सेयर सदस्यः ८ हजार ७ सय ८६ जना
ऋणी सदस्यः १ हजार ५ सय ७ जना

२) जनउत्थान बचत तथा ऋण सहकारी संस्था, रुपन्देही
सेयर पुँजीः ३० करोड ४७ लाख
जगेडा कोषः २४ करोड ९ लाख
कर्जा जोखिम कोषः ५ करोड १ लाख
कुल बचतः २ अर्ब ४८ करोड ५१ लाख
लगानीमा रहेको ऋणः २ अर्ब ५० करोड ५८ लाख
कुल सम्पत्तीः ३ अर्ब २२ करोड ७६ लाख
तरलता रकमः ६० करोड २९ लाख
तरलता प्रतिशतः २४.२६%
सदस्य संख्याः ३९ हजार ३ सय ३ जना
ऋणी सदस्यः १० हजार १ सय १७ जना

३) जनकल्याण बचत तथा ऋण सहकारी संस्था, धादिङ
सेयर पुँजीः ११ करोड ७१ लाख ४२ हजार ५ सय
जगेडा कोषः ७ करोड ३६ लाख ६८ हजार ५ सय २०
अन्य कोषहरुः ७ करोड २० लाख ५३ हजार ७ सय ६३
कुल निक्षेपः ८१ करोड २२ लाख ९१ हजार
संस्थागत पुँजीः ९ करोड २० लाख ६३ हजार
तरलताः २२ करोड ८८ लाख ५९ हजार
लगानीः ८३ करोड १२ लाख ६८ हजार
सेयर लगानीः ६ लाख
कुल सम्पत्तीः १ अर्ब १३ करोड १४ लाख
कुल आम्दानी : ६ करोड २२ लाख
तरलताः २८.१७ प्रतिशत
संस्थागत पुँजीः ८.१३ प्रतिशत
सेयर सदस्य संख्याः ९ हजार २ सय ६२
ऋणी सदस्यः २ हजार २ सय १८

४) ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था, काभ्रे
सेयरपुँजीः १० करोड ४ लाख
जगेडा कोषः ५ करोड ५२ लाख
विभिन्न कोषः ३ करोड
कुल संस्थागत पुँजीः ५ करोड ९७ लाख
कुल बचतः ७० करोड ५० लाख
तरलता रकमः १२ करोड ४६ लाख
लगानीमा रहेको ऋणः ८२ करोड ५२ लाख
तरलताः १७.६९%
कुल सम्पत्तीः १ अर्ब ९ करोड
सेयर सदस्यः १४ हजार ५ सय ४७ जना
ऋणी सदस्यः २ हजार ६ सय ७ जना

५) बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था, काभ्रे
सेयरपुँजीः १५ करोड ५६ लाख
जगेडा कोषः ११ करोड
विभिन्न कोषः ९ करोड ७१ लाख
कुल संस्थागत पुँजीः ११ करोड ७६ लाख
कुल बचतः १ अर्ब ३४ करोड १९ लाख
तरलता रकमः ३१ करोड ३१ लाख
लगानीमा रहेको ऋणः १ अर्ब ३४ करोड १५ लाख
तरलताः २३.३३%
कुल सम्पत्तीः १ अर्ब ७१ करोड ३० लाख
सेयर सदस्यः २४ हजार ४ सय १९ जना
ऋणी सदस्यः २ हजार ९ सय ४३ जना

६) जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखा
सेयर पुँजीः
१६ करोड ५२ लाख
जगेडा कोषः
१७ करोड १४ लाख
कुल संस्थागत पुँजी:
१७ करोड १४ लाख
अन्य कोषहरुः
१० करोड २० लाख
कुल बचतः
१ अर्ब ६५ करोड २ लाख
लगानीमा रहेको ऋणः
१ अर्ब ८८ करोड ६२ लाख
कुल सम्पत्तीः
२ अर्ब ३३ करोड ७३ लाख
तरलता रकमः
१८ करोड ७७ लाख
तरलता प्रतिशतः
१२.०३%
सदस्य संख्याः
२७ हजार ५ सय ७६
ऋणी सदस्यः
४ हजार ३ सय ५६ जना

७) चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
सेयर पुँजीः १७ करोड ८८ लाख
जगेडा कोषः ८ करोड ४ लाख
कुल संस्थागत पुँजी: १० करोड ६३ लाख
अन्य कोषहरुः ६ करोड २९ लाख
कुल बचतः २ अर्ब ५० करोड ६५ लाख
लगानीमा रहेको ऋणः २ अर्ब २ करोड ९९ लाख
कुल सम्पत्तीः ३ अर्ब ८ करोड २२ लाख
तरलता रकमः ६५ करोड ४६ लाख
तरलता प्रतिशतः २६.१२%
सदस्य संख्याः १६ हजार ९ सय ८५
ऋणी सदस्यः २ हजार १ सय ४८

८) किसान बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट
सेयर पुँजीः ३३ करोड ७० लाख
जगेडा कोषः १७ करोड ३९ लाख
कुल संस्थागत पुँजी: १९ करोड १५ लाख
अन्य कोषहरुः ३ करोड ३० लाख
कुल बचतः २ अर्ब ७३ करोड ७८ लाख
लगानीमा रहेको ऋणः २ अर्ब ४५ करोड ५९ लाख
कुल सम्पत्तीः ३ अर्ब ४८ करोड ७४ लाख
तरलता रकमः ६३ करोड ९७ लाख
तरलता प्रतिशतः २३.३७%
सदस्य संख्याः ८४ हजार ४ सय ६५
ऋणी सदस्यः १३ हजार ७ सय २ जना

९) ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
सेयर पुँजीः
८ करोड ८८ लाख
जगेडा कोषः
१० करोड १२ लाख
कुल संस्थागत पुँजी:
११ करोड ५ लाख
अन्य कोषहरुः
३५ लाख
कुल बचतः
९९ करोड ६७ लाख
लगानीमा रहेको ऋणः
१ अर्ब २३ करोड ४३ लाख
कुल सम्पत्तीः
१ अर्ब ५८ करोड ५६ लाख
तरलता रकमः
१६ करोड
तरलता प्रतिशतः
१६.०६%
सदस्य संख्याः
३ हजार ७ सय ४६
ऋणी सदस्यः
२ सय ९४ जना

 

१०) महाकाली बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
सेयर पुँजीः
४ करोड १९ लाख
जगेडा कोषः
१८ लाख
विभिन्न कोषहरुः
१२ लाख
कुल बचतः
५ करोड ४१ लाख
लगानीमा रहेको ऋणः
७ करोड ९६ लाख
कुल सम्पत्ती:
१० करोड १० लाख
तरलताः
३३ प्रतिशत
सदस्य संख्याः
२५३
ऋणी सदस्यः
४२

 

अभिलेख

लोकप्रिय