फिल्म ‘छक्कापञ्जा ४’ को डायलग प्रति सहकारी अभियानको आपत्ति
काठमाडौं : फागुन १९ गतेदेखि प्रर्दशनमा आएको नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को संवाद (डायलग) प्रति सहकारी अभियानले आपत्ति जनाएको छ।
उक्त फिल्ममा एउटा संवाद छ, ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ ।’, त्यसपछि महिला पात्र भन्छिन्, ‘अनि म चाँही के नी ?’ त्यसपछि पुरुष पात्रले जवाफ दिन्छ, ‘सहकारी ! भाग्न पनि सक्छ ।’ यति भनेपछि राजा अर्थात पुरुष पात्र त्यहाँबाट बाहिरिन्छ ।
यो संवाद अहिले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा भाइरल बनिरहेको छ । यही संवादलाई लिएर सिंगो सहकारी अभियानले आपत्ती जनाएको छ । सार्वजनिक कार्यक्रमहरुमा समेत यही संवादलाई लिएर फिल्पको विरोध हुने गरेका छन् ।
फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको सहकारी अभियन्ताहरुले बताएका छन् । उक्त संवादले समग्र सहकारी माथीको अपमान गराएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेल बताउँछन् । उक्त संवाद हटाउनुपर्ने समेत अध्यक्ष कडेलले बताए ।
सहकारीको विषयमा अतिरञ्जित हिसाबले प्रयोग गरेको डायलगप्रति घोर आपत्ति रहेको सहकारीकर्मी मधुसुधन पाठक बताउँछन् । पाठकले आपत्ति जनाउँदै फेसबुकमा लेख्छन्, ‘सहकारीको विषयमा अतिरञ्जित हिसाबले प्रयोग गरेको डायलगप्रति घोर आपत्ति छ । दीपक दाइ तपाईंका सबै डायलगप्रति रोमान्टिक हिसाबले सहमत छु । तर देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारी क्षेत्रको अध्ययन बिना प्रयोग यो डाइलगको वाक्यांश सही छैन । जे होस् फिल्म दामी छ । समयसापेक्ष राजनीतिक परिवर्तनका लागि यो सबैले हेर्न आवश्यक छ, बधाई तथा शुभकामना ।’
सहकारी अभियान माथीको प्रहार हुँदा पनि सहकारीका नेतृत्वदायी संघ/महासंघ मौन रहेको भन्दै चौतर्फ बिरोध समेत भएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
