केही विचलनका विरुद्ध उभिन सिईओहरुलाई आग्रह
काठमाडौं : नेपालको सहकारी अभियानलाई जीवन्त, सुशासनयुक्त र गतिशिल बनाउने माध्यम स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष परितोष पौड्यालले बताएका छन् ।
स्थिरिकरण कोष लामो प्रयासबाट प्राप्त गरेको भन्दै अध्यक्ष पौड्यालले त्यसको स्वरुपमा केही फेरबदल गर्नु पर्ने आवश्यक भएको समेत बताए । त्यस्तै कुनै पनि संस्था दुर्घटनामा गए भने त्यसलाई जोगाउन स्थिरिकरण कोषले सुरक्षा कवचको रुपमा काम गर्ने समेत बताए।
नेफ्स्कूनको आयोजनामा भएको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) समापन कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले सहकारीका व्यस्थापकहरुमा रहेको स्किल, नलेज र एटिच्युड ग्यापलाई पुरा गर्न वकशर्प सहयोगी भएको बताए।
अहिले सोसियल सोलिडारीटीको अवधारणा प्रचलनमा आएको समेत बथाए । संसारमा थ्री पिलर इकोनोमिक सिष्टमको अवधारणा आएको बताउँदै साकोस अभियानको जगमा त्यो प्राप्त गर्न सकिने समेत प्रष्ट पारे । ‘चुनौतीका बीचमा सम्भावनाको खोजी गर्ने हो’, उनले भने, ‘धेरै चुनौती त्यति धेरै सम्भावना छ । दृष्टिकोण र जीवन पद्धतिमा आएको केही बिचलनका विरुद्ध उभिन सम्पूर्ण सिईओहरुलाई आग्रह गर्दछु ।’
साकोसको गरिमा र छविलाई सिरमा राखेर छवि निमार्णमा ऐक्यवद्धता जनाउन उनले आग्रह गरे । ऐक्यवद्धतासँगै नयाँ आयामका साथ अघि बढ्न आफ्नो क्षमता बदल्ने अवसर सिइओ गोष्ठी भएको बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
