संगम सहकारीद्वारा रक्तदान तथा स्वास्थ्य जाँच
कास्की : पोखरा-१५, रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान तथा स्वास्थ्य जाँच सम्पन्न भएको छ। रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ।
त्यस्तै संस्थाले आयोजना गरेको निःशुल्क सुगर, प्रेसर जाँच समेत गरिएको थियो । जसबाट ७० लाभान्वित भएका छन्। प्रादेशिक रक्त सञ्चार केन्द्र, गण्डकी प्रदेश र ग्यालेक्सी हस्पिटलको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक तुल बहादुर गुरुङले जानकारी दिए।
कार्यक्रमको उद्घाटन गर्दै सह प्राध्यापक डाक्टर नम्रता के.सी. थापाले रक्तदानले रगत अभावमा रहेकाहरुलाई जीवन बचाउन सहयोग पुग्ने बताईन। सुगर र प्रेसरको जाँच बेला बेलामा गर्ने र यसको समयमानै औषधी सुरु गर्न सकेमा यसको असरबाट बच्न सकिने समेत बताईन । शारिरिक ब्यायम र खानालाई ध्यान पु¥याउन सकेत प्रेसर तथा सुगर रागबाट बच्न सकिने समेत बताईन।
संस्थाका उपाध्यक्ष बुद्धिमान थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य तथा शिक्षा, तालिम तथा सुचना उपसमिति संयोजक तिलक थापाले गरेका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
