२३ कात्तिक २०८३, सोमबार

‘सहकारीका समस्या समाधान गर्न सदस्यसँगै हातेमालो गरौं’

२०७९ फागुन २०, शनिवार
‘सहकारीका समस्या समाधान गर्न सदस्यसँगै हातेमालो गरौं’

बागलुङ : गण्डकी प्रदेश सभाका उप–सभामुख बिना कुमारी थापाले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सदस्य केन्द्रीत अभियान थप प्रभावकारी बनाउनु पर्ने बताएकी छिन्।

बहुउद्देश्यीय सहकारी संघ, बागलुङले राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालन गरेको सवल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक एक दिने गोष्ठीमा थापाले भनिन्, ‘सहकारी सदस्यहरुको हो । सहकारीलाई संकटमा जोगाउने जिम्मेवारी पनि सदस्यकै हो । सदस्यलाई सहकारीको समस्या र समाधानका उपायका बारेमा निरन्तर जानकारी दिन सकेमा मात्रै सहकारीलाई जोगाउन सकिन्छ ।’

सहकारी सञ्चालन गर्ने, प्रवद्र्धन गर्ने र संकटमा जोगाउनका लागि सदस्यको भूमिका नै सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुने समेत बताईन ।
सहकारीमा सुशासन कायम गर्नका लागि सहकारी ऐन कानुनको पालना, कार्यविधि बनाएर नीतिगतरुपमा संस्था सञ्चालन गराउन आग्रह गर्दै उनले राज्यका तर्फबाट सहकारी प्रवद्र्धनका लागि गर्नु पर्ने विषयमा समन्वय गर्न सुझाव समेत दिईन ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अधिकृत राज कुमार बरालले सबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा लगायतले सहकारी अभियानमा देखिएका समस्याको पहिचान गरी संयुक्त रुपमा समाधानका लागि लाग्नु पर्नेमा जोड दिएका थिए।

जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो।

अभिलेख

लोकप्रिय