२३ कात्तिक २०८३, सोमबार

मेची बहुउद्देश्यीय सहकारीमा दीर्घकालीन बचत ५८.७३ प्रतिशत

२०७९ फागुन १७, बुधबार
मेची बहुउद्देश्यीय सहकारीमा दीर्घकालीन बचत ५८.७३ प्रतिशत

दमक : झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा कुल बचतको ५८.७३ प्रतिशत दीर्घकालीन प्रकृतिको रहेको संस्थाले जनाएको छ।

संस्थामा कूल बचत निक्षेप २ अर्ब ३९ करोड रहेको छ । जस मध्ये १ अर्ब ४१ करोड भन्दा माथि दीर्घकालीन प्रकृतिको बचत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए । संस्थाको माघ मसान्तसम्ममा बचत १०.१४ प्रतिशत, कर्जा लगानी १.०३ प्रतिशत, शेयर पूँजी ३.३४ प्रतिशत, सदस्य संख्याः ८.८६ प्रतिशत र वासलात १.४७ प्रतिशतले बृद्धि भएको बगालेले बताए ।

संस्थाले ६ दिनसम्म सञ्चालन गरेको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रममा संस्थाका प्रमुख बगालेल भने, ‘संस्थाले बिना धितो कर्जा लगानी नगरेको र भाखा नाघेको कर्जा रकम ०.२७ प्रतिशत मात्र छ।’

अभिलेख

लोकप्रिय