२३ कात्तिक २०८३, सोमबार

न्युरोडको नवसवल सहकारी पनि कालो सूचीमा

२०७९ फागुन १६, मङ्गलबार
न्युरोडको नवसवल सहकारी पनि कालो सूचीमा

काठमाडौं : न्युरोड काठमाडौंमा प्रधान कार्यालय रहेको नवसवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालो सूचीमा परेको छ।

कर्जा सूचना केन्द्र लि. ले नवसवल सहकारीलाई फागुन १५ गतेदेखि कालो सूचिमा राखेको हो। संस्था कालो सूचिमा परेसँगै संस्थाका रञ्जना खड्का, सन्तोष प्रधान र युवबहादुर कार्कीलाई पनि कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ।

पछिल्लो समयमा कालो सूचीमा पर्ने सहकारीहरुको संख्या बढ्दो छ । सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्दा पनि कालो सूचीमा पर्ने सहकारीहरु बढेको हो।

अभिलेख

लोकप्रिय