विगुमा जनसचेतन बचतको स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा
दोलखा : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दोलखाको उत्तरी विगु गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरबाट ७ सय भन्दा बढीले सेवा लिएका छन् । विगु गाउँपालिकासँगको सहकार्यमा वडा नम्बर ५, ६, ७ र ८ मा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ३३ जनाले पाठेघर तथा प्रजनन स्वास्थ्य तथा जनरल स्वास्थ्य जाँच सम्बन्धी सेवा लिएको संस्थाले जनाएको छ ।
शिविरका लागि आवश्यक प्राविधिक सहयोग भने समुन्द्र नेपाल नामक गैरसरकारी संस्थाले उपलब्ध गराएको हो । २ दिनसम्म चलेको शिविरको पहिलो दिन (सोमबार) विगु ५ खार्तल स्थित सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ८ को खोपाचागु स्वास्थ्य चौकीमा गरी झण्डै ४ सय सेवा लिएका थिए । त्यस्तै दोस्रो दिन विगु ६ स्थित आलम्पु स्वास्थ्य चौकी र ७ स्थित स्वास्थ्य चौकीमा करिव ३ सय ५० जनाले निशुल्क स्वास्थ्य जाँच तथा आवश्यक औषधीको सुविधा लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिए।
शिविरमा काठमाडौं स्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसुती गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिङ्की शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुर लगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए । शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भिर प्रकृतिका बिरामीहरु समेत फेला परेकोले उनीहरुलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने विगु गाउँपालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले जानकारी दिए।
सोमबार गाउँपालिकाका उपाध्यक्ष देविका थामीको उपस्थितीमा खोपाचागुमा औपचारिक रुपमा सुरु भएको शिविर मङ्गलबार आलम्पुमा समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले सहकारीले वित्तीय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने शिलशिलामा शिविरको आयोजना गरिएको र शिविरबाट प्राप्त उपलब्धीले आफुहरुलाई आगामी दिनमा पनि यस्तै गतिविधी गर्न प्रेरित गरेको बताए ।
चौलागाईंले यस्ता कार्यक्रमहरु संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानमा पनि आयोजना हुने र त्यसमा आम नागरिक, शेयर सदस्य र सम्बन्धित निकायको उत्तिकै सहयोग र सहकार्य प्राप्त हुने विश्वास पनि व्यक्त गरे।

दोलखाको मैनापोखरीमा मूख्य कार्यालय रहेको जनसचेतन साकोसले विगु गाउँपालिकामा मात्रै ३ वटा सहित जिल्लाभर १६ र राजधानी काठमाण्डौमा १ गरी १७ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । झण्डै ४० हजार सदस्य आवद्ध उक्त संस्थाको गत माघ महिना सम्मको कारोबार २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
