२३ कात्तिक २०८३, सोमबार

मिलिजुली कालिञ्चोक बचतका कर्मचारीलाई मानव संसाधन सशक्तीकरण तालिम

२०७९ फागुन ७, आईतवार
मिलिजुली कालिञ्चोक बचतका कर्मचारीलाई मानव संसाधन सशक्तीकरण तालिम

चरिकोट : दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुलाई दुई दिवसिय मानव संसाधन सशक्तिकरण तालिम प्रदान गरेको छ ।

तालिमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष  नारायण बहादुर श्रेष्ठ र समापन कार्यक्रममा संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो । तालिममा सचिव  ठाकुर प्रसाद पाठक, सञ्चालक सदस्यद्धय  बालकुमारी श्रेष्ठ र  पुष्कर कुमार श्रेष्ठको पनि आतित्थ्यता रहेको थियो ।

उक्त तालिम कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो । तालिममा संस्था र शेयर सदस्य सफल बनाउनको लागि सञ्चालक र कर्मचारीको भूमिका तथा सहसम्बन्ध बिषयमा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ, सम्पत्ति शुद्धिकरण निवारण, प्रभावकारी सुचना प्रवाह सुशासनयुक्त प्रशासन बिषयमा संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटा, सुरक्षित ऋण लगानि र प्रभावकारी ऋण असुली बिषयमा संस्थाका ऋण अधिकृत चिरन्जीवी सापकोटा र ऋण असुली अधिकृत  राजन श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी  सूचना प्रविधि आन्तरीक लेखापरीक्षण र सेवाकेन्द्र ब्यवस्थापन बिषयमा सूचना प्रविधि अधिकृत  भीमसेन दाहाल, बचत ब्यवस्थापन बिषयमा बचत अधिकृत भोजराज खतिवडा, लेखा बिधि र पद्धति बिषयमा लेखा शाखा प्रमुख ईन्दीरा दाहाल, प्रभावकारी टेलर ब्यवस्थापन बिषयमा टेलर प्रमुख  सरिता शर्मा र मोवाईल बैंकीङ्ग, क्युआर कोड एवं एटीएम ब्यवस्थापन सम्बन्धमा मोवाईल बैंकीङ्ग तथा क्युआर कोड बिभाग प्रमुख लक्ष्मी खतिवडाले सहजीकरण गरेका थिए ।

बिप्रेषण कारोवार ब्यवस्थापन सम्बन्धमा बिप्रेषण बिभाग प्रमुख रजिना चौलागाईबाट सहजीकरण भएको थियो भने संस्थाको प्रमुख कार्यकारी अधिकृत  न्यौपानेबाट एचआर सशक्तिकरण बिषयमा सहजीकरण भएको थियो ।

संस्थाले चार बर्षिय रणनीतिक योजना आ. ब. २०७९/०८० देखि २०८२/०८३० लाई फाएभ बाई सेभेन डाईमन्सनको आधारमा तयार पारेको थियो । यस फाएभ डाईमन्सन भित्र वित्तीय स्वस्थ्यता एवं बृद्धि, गुणस्तरीय सेवा एवं सदस्य सन्तुष्टि, कुसल तथा स्तरीय कार्य सञ्चालन, नविन अभ्यास र सिकाई तथा डिजिटल वितीय सेवा रहेको राखिएको छ ।

चारबर्षिय रणनीतिक योजनाको पहिलो बर्ष  आ.ब. २०७९/०८० को लागि तयार पारीएको योजना बमोजिम भएको कार्यप्रगतिको बारेमा संस्थाको मानव संशाधन बाट समिक्षा गरिएको संस्थाले जनाएको छ । संस्थाले आ.ब. २०७९/०८० को पहिलो अर्धबार्षिक अवधिमा योजना बमोजिम अधिकांश सुचकांकहरुमा सफलता प्राप्त गरेको छ ।

संस्थामा हाल २४,६१९ शेयर सदस्य तथा ९,२५३ बालबचतकर्ता समेत जम्मा बचतकर्ता संख्या ३३,८७२ रहेको छ भने कुल वासलात १ अर्ब २८ करोड रहेको छ ।

अभिलेख

लोकप्रिय