२३ कात्तिक २०८३, सोमबार

बतासे तथ्यांकको भरमा सहकारी विभाग अगाडि बढ्दैन: उपरजिष्ट्रार उपाध्याय

२०७९ फागुन ६, शनिवार
बतासे तथ्यांकको भरमा सहकारी विभाग अगाडि बढ्दैन: उपरजिष्ट्रार उपाध्याय

काठमाडौं : संघीय सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी विभाग सधैंभरी बतासे तथ्यांक लिएर काम नगर्ने बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको पत्राकारिता तालिममा प्रस्तुति राख्दै विभाग अब पुरानै र बतासे तथ्यांक लिएर काम नगर्ने बताएका हुन् ।

‘अहिले सहकारीको संख्या र संस्थाको हरेक सूचकको विषयमा यकिन तथ्यांक कसैलाई थाहा छैन । अब हामी तथ्यांक बनाउँछौं, त्यसमा लागि स्थानिय तहहरुसँग समन्वय पनि गर्ने छौं’, उनले भने ।

कोपोमिसमा संघ संस्थाको आवद्धता अनिवार्य रहेको बताउँदै कोपोमिसमा आवद्ध हुन २९ हजार १ सय २ सहकारीले पासवर्ड लिएको बताए । १७ हजार ४ सय ४७ सहकारीले कम्तीमा एक पटक लगइन गरेको र १३ हजार ४ सय २२ सहकारीले समष्टिगत विवरण भरेको बताए ।
यस्तै, उनले सहकारी संस्थाहरुले वितरण गर्ने लाभांश टाठाबाठाल मात्रै पाउने बताए । उनले सेयर सदस्य भएपनि पहुँच नभएकाहरुले भने लाभांश नपाउने धारणा राखे ।

तालिमको दोस्रो दिन शनिबार ‘सहकारीको सुशासन, नियमन र प्रवर्द्धन’ को विषयमा पस्तुति राख्दै उनले राजनीतिक मान्छेले नै सहकारी संस्था चलाउँदा समस्या आएको बताए । उनका अनुसार सहकारीमा स्वनियमनको विषय ल्याउँदा पनि नै समस्या आएको हो ।

उनले स्थानीय अर्थतन्त्रमा रहेको योगदान र यो क्षेत्रको गुणस्तरको विषयमा पनि समीक्षा गर्नु पर्ने, तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र सबैको बुझाइमा एकरुपता ल्याउनु पर्ने धारणा राखे ।

तालिम समापन कार्यक्रम नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष काजी श्रेष्ठले दुइदिने तालिम प्रभावकारी भएको धारणा राखे । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि यो तालिमले थप सशक्त भएर समाचार सम्प्रेषण गर्न सक्ने विश्वास व्यक्त गरे ।
शुक्रबारदेखि सुरु भएको तालिम शनिबार सकिएको छ ।

अभिलेख

लोकप्रिय