२३ कात्तिक २०८३, सोमबार

हराएको सात दिनपछि मृत भेटिए मेची सहकारीका कर्मचारी

२०७९ फागुन ४, बिहिबार
हराएको सात दिनपछि मृत भेटिए मेची सहकारीका कर्मचारी

झापा : मेची कृषि सहकारी संस्था लिमिटेड, मेचीनगर ईटाभट्टाका कर्मचारी भेषराज खनाल हराएको सात दिनपछि हल्दिवारीको जंगलमा मृत फेला परेका छन् ।

मेचीनगर नगरपालिका १० का ४८ वर्षीय खनाल गत माघ २५ गते अन्दाजी बिहान १० बजे घरबाट सहकारीको पैसा कलेक्सनको लागि निस्किएका थिए ।

खनाल रातिसम्म सम्पर्कमा नआएपछि उनका भाइ तोयानाथ खनालले भोलिपल्ट ईलाका प्रहरी कार्यालय धुलाबारीमा हुलियासहितको निवेदन दिएका थिए ।

बुधबार दिउँसो २ बजे हल्दिबारी गाउँपालिका–५, स्थित शान्ति सामुदायिक वनमा सखुवाको रुखमा झुन्डी मृत अवस्थामा खनाल फेला परेका हुन् ।

अभिलेख

लोकप्रिय