२३ कात्तिक २०८३, सोमबार

सहकारीको नियमन गर्न दोस्रो तहको निकाय गठन गर्न सांसद गौतमको माग

२०७९ फागुन ३, बुधबार
सहकारीको नियमन गर्न दोस्रो तहको निकाय गठन गर्न सांसद गौतमको माग

काठमाडौं : पछिल्लो समय माइक्रोफाइनान्स र सहकारी संस्थाबाट धेरै मानिस ठगिएर आत्महत्या गर्न बाध्य भएको भन्दै सांसद सोबिता गौतमले दोस्रो तहको नियमन निकाय गठन गर्न माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद गौतमले माइक्रोफाइनान्स र सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नसक्ने हो भने दोस्रो तहको नियमन निकाय गठन गर्न माग गरिन् ।

‘नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्स र सहकारीलाई कडा रुपमा नियमन र कारबाही गर्नुपर्छ’ उनले भनिन्, ‘यदि राष्ट्र बैंक आफैले नियमन गर्न नसक्ने हो भने दोस्रो तहको नियमनकारी निकाग गठन गरौं । कोही कर्जा लिएका कारण साँवा ब्याज तिर्न नसकेर आत्महत्या गर्ने वातावरण अन्त्य गर्नुपर्छ ।’

बेरोजगारी, देशको खस्कदो अर्थतन्त्र र महंगीका कारण कर्जा लिनेको संख्या बढेको र त्यसको फाइदा लघुवित्त, सहकारीले उठाउने गरेको उनको भनाइ छ ।

सांसद गौतमले सुलभ कर्जा प्रवाह गरी निम्न वर्गिय मानिसलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको भएपछि त्यो अनुसार काम हुन नसकेको उनको भनाइ छ ।

अभिलेख

लोकप्रिय