२३ कात्तिक २०८३, सोमबार

सहकारी महासंघ प्राङ्गणमै लाग्यो नेतृत्व विरुद्धको नारा

२०७९ फागुन २, मङ्गलबार
सहकारी महासंघ प्राङ्गणमै लाग्यो नेतृत्व विरुद्धको नारा

काठमाडौं : सहकारी क्षेत्र बचाउन माग गर्दै सहकारीकर्मीले राष्ट्रिय सहकारी महासंघको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् ।

सहकारी बचाउ राष्ट्रिय अभियानको ब्यानरमा करिब ५०० सहकारीकर्मीले महासंघको कार्यालय बाहिर नाराबाजी गरेका हुन् । सहकारी क्षेत्रमा विद्यमान असहज परिस्थितकाे समाधान गर्नेतर्फ नेतृत्वको भूमिका फितलो भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए ।

सहकारी क्षेत्र बचाउँ, सहकारी नेता कहाँ छन्, कर्जा सूचना केन्द्र स्थापना गर, समस्या सहकारीको होइन विश्वासको हो, सन्दर्भ ब्याजदर खारेज गर, सदस्यको बचतको ग्यारेण्टी गर, काम गर्ने वातावरण सिजर्ना गर, सहकारी महासंघ आँखा खोल, सहकारीका नेता कहाँ छन्, झोले नेता चाँहिदैन सहकारी मास्न पाइँदैन भन्दै उनीहरूले नाराबाजी गरेका हुन् । उनीहरूले महासंघका अध्यक्ष मीनराज कँडेललाइ १३बुँदे मागपत्र समेत पेश गरेका छन् ।

यस्तो छ १३ बुँदे मागपत्र

१. सहकारी क्षेत्रमा देखिएको तरलता अभाव लगायतको समस्यालाई सामुहिक समस्याका रूपमा स्वीकार गर्दै राज्य र अभियानका तर्फबाट समाधानका लागि तत्काल आवश्यक संवोधन गर्नुपर्ने ।

२. सन्दर्भ ब्याजदर तत्काल खारेज गरि ब्याजदर स्वतन्त्र रूपमा बजारलाइ नै निधार्रण गर्न दिइनुपर्ने ।

३. तरलता संकट व्यवस्थापनका लागि राज्यले कोषको व्यवस्था गर्नु पर्ने ।

४. कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण तत्काल स्थापनाका लागि पहल गर्नु पर्ने ।

५. ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चल, अचल सम्पत्ति संस्थाको पत्रमार्फत रोक्का गर्ने व्यवस्था तत्काल लागु गर्ने ।

६. व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरि सहकारी ऐन संसोधन गर्न लागिएकोमा विरोध एवम् दबाब सिर्जना गर्ने ।

७. प्रारम्भिक संस्थाका संचालक, व्यवस्थापक र कमर्चारीलाई निरबाध रूपमा त्रासमुक्त रूपले संस्था संचालन गर्ने वातावरण हुनुपर्ने ।

८. सदस्यहरूको बचत सुरक्षाका लागि आश्वस्त हुने वातावरणका बनाउन लागि सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने ।

९. ब्याजकर दाखिला गर्ने समय १ वर्ष थप गर्नका लागि दबाब दिने ।

१०. संस्था संचालनका लागि आवश्यक वातावरण बनाउन Cooling Period घोषणा गर्नुपर्ने ।

११. सहकारी नियमनका लागि Second Tier Institution को स्थापना गर्नुपर्ने ।

१२. सहकारी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने ।

१३. सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि यस आघि महासंघद्वारा गठित समितिहरूका काम प्रभावकारी र परिमाणमुखि हुनुपर्ने ।

अभिलेख

लोकप्रिय