२३ कात्तिक २०८३, सोमबार

सहकारी बचाऔँ अभियान: १३ बुँदे मागसहित महासंघको कार्यालय घेराउ गर्दै सहकारीकर्मी

२०७९ फागुन १, सोमबार
सहकारी बचाऔँ अभियान: १३ बुँदे मागसहित महासंघको कार्यालय घेराउ गर्दै सहकारीकर्मी

काठमाडौं : सहकारी संस्थाहरुका सञ्चालक, कर्मचारी, र सदस्यहरुको संयुक्त रुपमा ‘सहकारी बचाऔँ अभियान’ सुरु गर्ने भएको छ ।

मंगलबार राष्ट्रिय सहकारी महासंघमा ध्यानाकर्षण पत्र बुझाउँदै अभियानको सुरुवात गर्ने तयारी सहकारीकर्मीहरुले गरेका छन् । ‘सहकारी बचाऔँ राष्ट्रिय अभियान’को तर्फबाट भोली (मंगलबार) बिहान १०ः३० बजे महासंघमा १३ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदैछ ।

सहकारी संस्थाहरुका सञ्चालक, कर्मचारी र सदस्यहरुको समेत उपस्थितीमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको एक सहकारीकर्मीले बताए । करिब ५ सयको उपस्थितीमा महासंघको कार्यालय परिसरमा उपस्थित हुने बताए ।

विगत केही महिनादेखि सहकारी क्षेत्रमा देखिएको समस्याका कारण सहकारी संस्थाका सदस्य, संचालकहरू तथा कर्मचारीहरू असाध्यै प्रताडित भएका कारण बाध्य भएर महासंघमा कडा रुपमा ध्यानाकर्षण पत्र बुझाउनु पर्ने अवस्था आएको ती सहकारीकर्मीले बताए ।

सहकारीका समस्या पटकपटक सहकारीकर्मीहरूले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि सहकारी अभियान तथा राज्यका तर्फबाट परिणाममुखी काम हुन नसकेका कारण अभियान नै सुरुवात गरिएको बताए ।

‘अब पनि सहकारी क्षेत्रका समस्या समाधानका लागि संघहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने हो भने हामी बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौं’, ती सहकारीकर्मी भने ।

अभिलेख

लोकप्रिय