२३ कात्तिक २०८३, सोमबार

सहकारीका तीन वटा श्रोत पुस्तिका एकै दिन लोकार्पण

२०७९ फागुन १, सोमबार
सहकारीका तीन वटा श्रोत पुस्तिका एकै दिन लोकार्पण

बनेपा : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले तीन वटा श्रोत पुस्तिकाको लोकार्पण गरेको छ ।

संघले विकास गरेको कोशिस कार्यक्रमको प्रभावकारीताको लागि विकास गरेको परीक्षक मार्गदर्शन, संगठनात्मक विकास तालिमको श्रोतपुस्तिका र प्रमाणित आन्तरिक लेखा परीक्षक तालिम श्रोत पुस्तिकाको एकै साथ लोकार्पण गरेको हो ।

आइतबार एक कार्यक्रमको बीच बागमती प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले श्रोत पुस्तिकाहरुको लोकार्पण गरेका हुन् ।

संघका अध्यक्ष उद्धव सापकोटाले लोकार्पण भएका तालिम पुस्तिका आगामी दिनमा सहकारी विभागबाट पाठ्यक्रम स्वीकृती गराउने योजना रहेको जानकारी गराए ।

अभिलेख

लोकप्रिय