कोपोमिसमा आवद्ध हुने सहकारीको संख्या ४ गुणाले बढ्यो, १३१५६ ले भरे समष्टिगत विवरण
काठमाडौं : सहकारी विभागले अनिवार्य गरेको सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा समष्टिगत विवरण भर्ने सहकारीको संख्या १३ हजार १ सय ५६ पुगेको छ ।
पुष १७ गतेसम्मको तथ्यांक अनुसार कोपोमिसमा आवद्ध २८ हजार ७ सय ४२ सहकारी संघ/संस्था (पासवर्ड लिने) मध्ये १३ हजार १ सय ५६ ले मात्रै समष्टिगत विवरण भरेका छन् । त्यस्तै कम्तीमा एक पटक कोपोमिस लगइन गर्ने सहकारी संघ संस्थाले मात्रै १७ हजार २ सय ३६ मात्रै रहेका छन् । यसरी हेर्दा कोपोमिसमा समष्टिगत विवरण भर्ने सहकारी संख्यामा व्यापक सुधार आएको छ ।
तत्कालिन सहकारी विभागका रजिष्ट्रारले कोपोमिस कार्यान्वयनमा कडाई गरेको थियो । रजिष्ट्रार पण्डितले सहकारी संघ/संख्याको तथ्यांक संकलनको लागि समष्टिगत विवरण अनिवार्य भर्नुपर्ने प्रावधान ल्याएका थिए । रजिष्ट्रार पण्डित कै सिफारिसमा समष्टिगत विवरण नभर्ने सहकारी संघ/संस्थाले कर चुक्ताको प्रमाणपत्र नपाउने र धितो रोक्का लागि समेत कोपोमिसमा आवद्धता हुनुपर्ने व्यवस्था सरकारले गरेको थियो ।
त्यसपछि सहकारीहरु कोपोमिसमा आवद्ध हुन बाध्य भएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ६ हजार ६ सय ७८ सहकारी मात्र कोपोमिसमा आवद्ध भएका थिए । चालु आर्थिक वर्षको पुष १७ गतेसम्म कोपोमिसमा आवद्ध हुने सहकारीको संख्या ४ गुणाले बढेर २८ हजार ७ सय ४२ पुगेको हो ।
हाल सहकारी विभागबाट सेवा लिनका लागि समेत कोपोमिस अनिवार्य गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
