सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे
काठमाडौं : संघीय सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरेको पदबहाली गरेका छन्। वन तथा वातावरण मन्त्रालयमा सहसचिव रहेका घिमिरेको मन्त्रीपरिषद्को निर्णयसँगै सहकारी विभागमा सरुवा भएका थिए । घिमिरेले विहीबार सहकारी विभागमा पदबहाली गरेका हुन् ।
गत साता मन्त्रीपरिषद्को निर्णयबाट सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको गृह मन्त्रालयमा सरुवा भएको थियो । गत वर्षको फागुनमा विभागको रजिष्ट्रार बनेका पण्डितको एक वर्ष नबित्दै सरुवा भएको थियो । छोटो समयमा सहकारी अभियान सुधारका महत्वपूर्ण निर्णय र काम रजिष्ट्रार पण्डितले गरेका थिए ।
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष गठन तथा कार्यान्वयन, कोपोमिस कार्यान्वयनमा उल्लेख्य उपलब्धी, ३५ बुँदे निर्देशन, कर्जा सूचना केन्द्र स्थापना गर्न रजिष्ट्रार पण्डितको पहल रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
