नेचुरल सहकारी र वर्ल्डलिंक बीच सम्झौता, इन्टरनेट सेवा खरिदमा १५ प्रतिशत छुट
आईतबार एक कार्यक्रमकाे बीच नेचुरल सहकारीमा आवद्ध सदस्यहरूलाई ईन्टरनेट सेवामा छुट दिनेगरी सम्झौता भएकाे हाे । सम्झौता अनुसार अब नेचुरल सहकारीका सदस्यले वर्ल्डलिंककाे ईन्टरनेट सेवा खरिद तथा नविकरणमा १५ प्रतिशत छुट पाउने छ ।
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड सम्झौता भएकाे छ ।
उक्त सम्झौतामा नेचुरल सहकारीका तर्फबाट प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र वर्ल्डलिंक कम्युनिकेशनकाे तर्फबाट क्षेत्रिय प्रबन्ध अनुप मानन्धरले हस्ताक्षर गरेका छन् ।
आईतबार नेचुरल सहकारीको कर्पाेरेट कार्यालयमा भएकाे सम्झौता कार्यक्रममा संस्थाका प्रबन्धक घनश्याम नेपाल, आईटी विभाग प्रमुख समिर बुढाथोकी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
नेचुरल सहकारीले विभिन्न सेवा र व्यवसायिक क्षेत्रसँग सम्झौता गरि सदस्यहरूलाई छुट सुविधा प्रदान गर्दै आएकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
