२३ कात्तिक २०८३, सोमबार

ज्योतिपुञ्ज बचतको सहकारी शिक्षा तथा अन्तरक्रिया निरन्तर

२०७९ माघ २१, शनिवार
ज्योतिपुञ्ज बचतको सहकारी शिक्षा तथा अन्तरक्रिया निरन्तर

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ ।

संस्थाले ललितपुरको कुमारीपाटी स्थित सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको बीच सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सहकारी विज्ञ केशव बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नविन श्रेष्ठले गरेका थिए भने संस्थाका बारेमा विविध गतिविधि तथा जानकारी सहितको प्रस्तुति प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले गरेका थिए । कार्यक्रममा १ सय २० जना सदस्यहरुको उपस्थिती रहेको संस्थाले जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा अन्तरक्रिया संस्थाका चार वटै सेवा कार्यालय अन्तर्गतका सदस्यहरुसँग सम्पन्न गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कार्कीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि थापाले सहकारी संस्थामा सदस्यको भूमिका र संस्थाको भूमिकाको बारे उदाहरणसहित प्रस्तुत गरेका थिए ।

संस्थाले गत शनिबार गोठाटार सेवा केन्द्र अन्तर्गतका सदस्यहरुसँग अन्तरक्रिया गरेको थियो ।

संस्थाको २०७९ माघ १९ गते सम्मको तथ्याङ्क  

सदस्य संख्या :   ३७५८ (महिलाः १७७५ जना पुरूषः १९८३ जना)
शेयर पूँजी :        रू. ९,०८,०४,२००.००

कुल बचत :        रू. १,०७,०३,३८,८७०.६९       
कुल ऋण लगानी : रू. १,२८,२६,०३,५२२.५६        

जगेडा कोष :       रू. १०,१२,५७,२१२.५७     

संस्थागत पूँजी :    रू. ११,०५,३०,६९८.७८     
अन्य कोषहरूमा :   रू. ३९,४१,३१९.१९
तरलता :                रू. १७,३७,२१,४१३.८८

तरलता प्रतिशत :  १६.२३%

बाह्य ऋण :      रू. २१,५१,४४,४४५.००
कुल सम्पत्ति :       रू. १,६२,५७,२४,५५७.३०

अभिलेख

लोकप्रिय