२३ कात्तिक २०८३, सोमबार

सदस्यले घेरे देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंको घर

२०७९ माघ १८, बुधबार
सदस्यले घेरे देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंको घर

काठमाडौं : देउराली बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले प्रतिवद्धता अनुसार बचत रकम फिर्ता नगरेको भन्दै सदस्यहरुले घर घेरेका छन् ।

अध्यक्ष चौलागाईंले बचत रकम फिर्ता गर्ने समय पटक पटक टारेपछि आफूहरु बाध्य भएर उनको घर घेर्न जानुपरेको सदस्यहरुले बताएका छन् । सदस्यहरु मात्रै नभई कर्मचारीहरु पनि घर घेराउ गर्न पुगेका थिए । लामो समयदेखि संस्थाका कर्मचारीले समेत तलब पाएका छैनन् । अध्यक्ष चौलागाईंले पुस मसान्तभित्र रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको र हालसम्म पनि बचत फिर्ता नगरेपछि दबाब स्वरुप घर घेराउ गरेको एक सदस्यले बताए ।

संस्थाले ठूला बचतकर्तालाई नवलपरासीमा रहेको जग्गा पास गरिदिने बताएको थियो । संस्थालाई कर्जा सूचना केन्द्रले समेत कालो सूचिमा राखेको छ ।

अभिलेख

लोकप्रिय