सहकारीले लिने कर्जाको ब्याजदर बढीमा १२ प्रतिशत तोक्न माग
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बचत तथा ऋण सहकारी संस्थाहरुले निक्षेप संकलन गर्दा बढीमा ८ प्रतिशत र कर्जा दिँदा बढीमा १२ प्रतिशत ब्याज लिन नपाउने व्यवस्था तत्काल लागू गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । पार्टीले मंगलबार देशको आर्थिक संकट समाधान बारे २० बुँदे ज्ञापनपत्र बुझाउदै पार्टीले सहकारी र बैंकको ब्याज नियन्त्रण गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाहरुको बचत तथा ऋण नीतिमा तत्काल सुधार गर्न, बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा बढीमा ४ प्रतिशत ब्याज लिन पाउने र ऋण प्रवाहमा बढीमा ७ प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था लागू गर्न माग गरेकाे छ ।
मंगलबार बालुवाटार पुगेर अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्न समेत धौधौ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनमा अनौपचारिक क्षेत्रमा रहेको र लुकाइएको रकम अर्थतन्त्रको मुल धारमा ल्याउनको लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल शुरु गर्न आग्रह गरिएको छ । त्यस्तै कृषि योग्य भूमि प्लटिङ गरी घडेरी बिक्री गर्ने प्रचलनलाई कडाइका साथ नियन्त्रण गर्न, समग्र देशको भू सूचना प्रणालीलाई विद्युतीय माध्यमबाट एकीकृत गर्न समेत पार्टीको माग छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
