५७ हजार ३ सय १५ सदस्यलाई विन्धवासिनी सहकारीको सेवा
काभ्रे : विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा एवं रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व एवं संस्थाका निर्वतमान अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाको अर्धवार्षिक सम्ममा भएका कार्य प्रगति एवं अर्धवार्षिकमा लक्ष्य प्राप्तीमा देखिएका चुनौतीको छलफल र बाँकी अर्धवार्षिकमा संस्थाको लक्ष्य प्राप्तिका लागि अपनाउनु पर्ने रणनीति र कार्ययोजनाका बारेमा सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विभागीय व्यवस्थापकहरुले विभागीय रणनीति र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्यप्रगति लगायत चालू अर्धवार्षिक अवधिमा लक्ष्य प्राप्तिका लागी अपनाउनु पर्ने रणनीतिका बारेमा स्पष्ट पारेका थिए ।
समष्टिगत कार्य प्रगतिको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तानले २०७९ पौष मसान्तसम्ममा संस्थामा शेयर सदस्य संख्या ४७ हजार आठ सय ९९, शैक्षिक बाल बचतकर्ता ९ हजार चार सय १६ जना गरी कुल सेवाग्राही ५७ हजार तीन सय १५ जना पुगी संस्थाको कुल सम्पत्ति ४ अर्ब ४१ करोड ६६ लाख पुर्याउन संस्था सफल भएको जानकारी गराए ।
संस्थाको नवनिर्मित भवन बनेपामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक एवं उच्च व्यवस्थापनको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन संचालक समितिका सचिव डोरेन्द्रराज सापकोटाले गरेका थिए ।
काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौ जिल्ला र सूर्यविनायक नगरपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालित बिन्धबासिनी साकाेस राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सीयु एक्सेक्युटिभ अवार्ड २०२१ र क्युमी अवार्ड प्राप्त संस्था हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
