२३ कात्तिक २०८३, सोमबार

डल्फिन सहकारीका प्रबन्धक खातीले किन गरे आत्महत्या?

२०७९ माघ १६, सोमबार
डल्फिन सहकारीका प्रबन्धक खातीले किन गरे आत्महत्या?

कास्की : पोखरा महानगरपालिका-९, शिव टोलमा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक लेखुराम खातीले आत्महत्या गरेका छन् । ३८ वर्षीय खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रबन्धक खातीले मृत्युको बाटो रोज्नुलाई संस्थामा देखिएको आर्थिक संकट र सञ्चालकको दबाबसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ । केही महिनादेखि संस्था पूर्ण रुपमा आर्थिक संकटमा फसेको थियो । दशैं अघि देखिनै संस्थाले सदस्यहरुको बचत फिर्ता गर्न सकेको थिएन ।

प्रबन्धक खातील गत साउनमै राजीनामा दिए पनि सञ्चालक समतिले स्वीकृत नगरेको पाइएको छ । स्रोतका अनुसार संस्थाले गरेको लगानी उठाएपछि मात्र राजीनामा स्वीकृत गर्ने दबाब उनले झेल्दै आएका थिए ।

प्रहरीले उनको खल्तीबाट ऋणीहरुलाई तिर्नुपर्ने रकमको सूची फेला पारेको छ । आइतबार दिउँसो नै सहकारीको सञ्चालक समितिको बैठक बसेको थियो । अफिसबाट फर्केपछि उनी साँझपख झुन्डिएको अवस्थामा फेला परेका थिए ।

अभिलेख

लोकप्रिय