२३ कात्तिक २०८३, सोमबार

नेतृत्वले मात्रै सहकारीको समस्या समाधान गर्न सक्दैन : के.बी. उप्रेती

२०७९ माघ ६, शुक्रबार
नेतृत्वले मात्रै सहकारीको समस्या समाधान गर्न सक्दैन : के.बी. उप्रेती

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीले नेतृत्व तहले मात्रै सहकारीका समस्या समाधान गर्न नसक्ने बताएका छन् ।

जिल्ला सहकारी संघ काठमाडौंको २३औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले साधारणभामा बोलाउँदा नआउने र राज्यलाई दवाव दिन जाउँ भन्दा तयार नहुने भएपछि नेतृत्वले मात्रै केही गर्न नसकिने प्रष्ट पारे । संघहरुले कति वित्तीय कारोबार गरे भन्दा पनि सदस्य संस्थाहरुको समस्या समाधानमा कत्तिको लबिइङ र एड्भोकेसी गरे भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाई थियो।

अहिले उपत्यकाका सयौं सहकारीकर्मी एकिकरण गरिदिनुप¥यो भन्दै आफुकहाँ आउने गरेको समेत बताए । बचत ऋणको कारोबार गर्ने सहकारीमा जोखिम बढी हुने भएकाले वित्तीय पारदर्शिता र संस्थागत सुशासनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । समस्या सहकारी क्षेत्रमा मात्र नभई समग्र अर्थप्रणालीमा नै रहेको उनले औंल्याए । सहकारी क्षेत्रलाई बचाउन लाग्नुपर्ने भन्दै त्यसका लागि अभियानका तर्फबाट ५ अर्ब र राज्यकोषबाट १० अर्ब जम्मा गरेर सहकारी बैंकमार्फत तरलता व्यवस्थापनमा सघाउने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । यसका लागि प्रमुख राजनीतिक दलका नेतृत्व, अर्थमन्त्रालय, सहकारी मन्त्रालय र विभागमा पुगेर ज्ञापनपत्र बुझाइसकेको समेत उनले प्रष्ट पारे ।

‘सहकारी क्षेत्रलाई सुदृढ गर्ने कुरामा तपाईंहरुकै भूमिका रहन्छ’, उनले थपे भने, ‘राजनीतिक पार्टीले सहकारी बुझेको र असल व्यक्ति नेतृत्वमा पठाउनुपर्छ, तबमात्र अभियान सुध्रिन्छ ।’

पैसाले मात्रै सहकारी संस्थाको समस्या समाधान नहुने बताउँदै उप्रेतीले संस्था र सदस्यबीचको बलियो सम्बन्ध नै समस्या समाधानको उपाय रहेको बताए ।

 

अभिलेख

लोकप्रिय