राष्ट्रिय सहकारी बैंकमा निक्षेप बढ्यो, तरलता रकम ८ अर्ब ३३ करोड
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको पुस महिनाको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकमा २०.०२ प्रतिशत तरलता रहेको छ ।
विवरण अनुसार हाल बैंकको सेयर पुँजी २ अर्ब ९४ करोड १२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४१ अर्ब ६३ करोड २ लाख, ऋण लगानी ३४ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम ८ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६९ करोड २ लाख र कुल सम्पत्ति ४९ अर्ब २२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
पुस मसान्सम्म सहकारी बैंकमा कुल सेयर सदस्यहरुको संख्या १५ हजार ७२४ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ६३४ रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
